पोखरा, ५ वैशाख। पोखराको सामाजिक जागरणको लागि नारी अभियानले पर्साका हावाहुरी प्रभावित बालबालिकाहरुलाई लत्ताकपडासहित शैक्षिक सामग्री वितरण गरेको छ।
सामाजिक अभियान्ता शुष्मा पौडेलको संयोजनमा पर्साको जगरनाथ पुरमा रहेका एक सय बढी प्रभावित बालबालिकालाई लत्ताकपडासहित शैक्षिक सामग्री वितरण गरिएको हो।
हावाहुरीबाट प्रभावित बालबालिकालाई टिसर्ट, पाइट, चप्पलको साथमा शैक्षिक सामग्री वितरण गरिएको पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्यसमेत रहेकी अभियन्ता पौडेलले बताइन्।
उनका अनुसार पर्सामा जगरनाथमा अति नै प्रभावित ५६ घर परिवारसहितका एक सय जना बालबालिकाहरुलाई सो सहयोग गरिएको हो। साथमा केही महिलाहरुलाई साडी वितरण गरिएको थियो। कार्यक्रममा पौडेलसहित महिला अधिकारकर्मी सावित्रीकुमारी भण्डारी, वीरगञ्ज–२२ का वडा अध्यक्ष महम्मद गिया सुदिन मियाँ, शान्ति आचार्य, सुस्मिता सुवेदी, सुकबहादुर थापा लगायतको सहभागिता रहेको थियो। पौडेलको नेतृत्वमा एक टोलीले दुई साता अघि पनि हावाहुरीबाट प्रभावित बाराका महिलासहित ज्येष्ठ नागरिकलाई खाद्य सामग्री साथमा लत्ताकपडा सहयोग गरेर फकेर्को थियो।
वडा अध्यक्ष सहित स्थानीयसँग समन्वय गरी करिब ३ घण्टा लगाएर उक्त राहत सामग्री वितरण गरिएको टोलीमा सहभागी पत्रकार दीननाथ बरालले बताए। प्रभावितभन्दा अन्य व्यक्तिहरु राहत पाउने ठाउँमा बढी भेटिने हुने हुँदा तराई क्षेत्रमा राहत वितरण गर्न समस्या हुने गरेको उनले जनाए।
वीरगञ्जको नारायणी अस्पतालका १० जना बिरामीलाई फलफूल साथमा लत्ताकपडा समेत वितरण गरिएको थियो।
क्यानाडियन नागरिक मिचायल हानले पर्साका प्रभावित बालबालिकाको लागि शैक्षिक सामग्रीसहित नारायणी अस्पतालमा रहेका बिरामीहरुलाई समेत फलफूल सहयोग गरेकी हुन्। पोखरामा इन्टर्नसीप गर्न आएकी हानले अघिल्लो साता बाराको हर्दियामा पुगेर दलित समुदायका ५० घर परिवारलाई खाद्य सामग्रीसहित कपडा र भाडाकुँडा सहयोग गरेकी थिइन्।
आफ्ना क्यानेडियन साथीभाइसँग र आफ्नी आमा छुलिङ जंगसंगको सहयोगमा सामाजिक सञ्जाल मार्फत सहयोगको आव्हान गर्दा करिब २ लाख ४० हजार सहयोग जुटेसंगै लेकसाइडका पर्यटन व्यवसायी हेमराज पहारीको समन्वयमा उक्त सहयोग गरेकी हुन्।
यसैबीच, बारा र पर्साका हावाहुरी प्रभावितालाई अब तत्काल आवासको आवश्यकता भएको प्रभावितले बताएका छन्।
Related News
सम्बन्धित समाचार
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०