पोखरा, ५ बैशाख । जापानको युनाइटेड नेसन्स् युनिभर्सिटीले पोखरा युनिभिर्सिटी (पोवि) स्कुल अफ इञ्जिनियरिङको सहकार्यमा कास्कीमा पानीको अवस्थाबारे अध्ययन थालिएको छ ।
युनाइटेड नेसन्स् युनिभर्सिटीले विश्वका दुई राष्ट्रमध्ये इण्डोनेसियाको बाली र नेपालको कास्कीमा सन् २०१८ देखि ४ वर्षे अवधि समयसीमा तोकेको छ । कास्कीमा भने अबको १ वर्षसम्म यहाँको पोखरा महानगरपालिका, चार गाउँपालिका अन्नपूर्ण, माछापुच्छे«, मादी र रुपा भित्र जलश्रोतको मुहान, पानीको अवस्था, उपयोगिता लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित रहेर अध्ययन केन्द्रित गर्ने जापानी विश्वविद्यालयका अनुसन्धानकर्ता डा.सरोज चापागाईंले जानकारी दिए ।
यसैक्रममा पोखरामा विहीवार सरोकारवाला निकायबीच पानीको दीगो विकासका लागि प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न भयो ।
प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले तालैतालको जिल्ला कास्कीमा पानीबाटै समृद्धि हासिल गर्न सकिने बताए । उनले सो अध्ययनपछि आउने रिपोर्टबारे पुनः विस्तृत जानकारी गराउन आग्रह गर्दै यसले नीति निर्माणमा सघाउ पुग्ने बताए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पानीको श्रोत संरक्षण गर्दै विज्ञान प्रविधिका पछिल्लो आविष्कार आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा जापानीज विश्वविद्यालयका डा. सरोज चापागाईं, डा. गीता मोहन, नास्टका प्राज्ञ डा. मदनलाल श्रेष्ठले पानीसँग केन्द्रित रहेर विभिन्न उदाहरण पस्किँदै पानीको महत्व र दीगो विकासमा पानीले पार्ने प्रभावबारे प्रष्ट्याए । इसिमोडका डा. मन्दिरा श्रेष्ठले सहजीकरण गर्दै पानीको प्रयोग क्षेत्रबारे धारणा लिइन् ।
कार्यक्रममा पोविका विज्ञान तथा प्रविधि संकायका डीन इञ्जिनियर बुद्धिराज जोशी, जापानीज विश्वविद्यालयका प्राध्यापक डा. केन्सुके फुकुसी ९म्च। प्भलकगपभ ँगपगकजष्०, अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर, माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, मादी गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारी, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, सन्तोष पोखरेल, पत्रकार विजय नेपाल लगायतले स्थानीय स्तरमा जलश्रोतको अवस्था र यसको संरक्षण आवश्यकताबारे औल्याए ।
पोवि स्कुल अफ इञ्जिनियरिङका प्रा.डा. विनयकुमार मिश्रले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन पोवि स्कुल अफ इञ्जिनियरिङका निर्देशक इञ्जिनियर अर्जुन गौतमले गरेका थिए ।
पोवि स्कुल अफ इञ्जिनियरिङतर्फबाट आयोजक कमिटी सदस्यमा प्राध्यापक विनयकुमार मिश्र, सहायक प्राध्यापक डा. राजीव पोखरेल र निर्देशक इञ्जिनियर अर्जुन गौतम छन् ।
दीगो विकासका लागि पानीको अति नै महत्व रहेको हुँदा यसको संरक्षण गर्दै नीति निर्माण प्रक्रिया कसरी अगाडि बढाउन सघाउने कार्यक्रमको उद्देश्य रहेको इञ्जिनियर गौतमले बताए ।
Related News
सम्बन्धित समाचार
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
जेठ २३, २०८०