चितवन, ५ वैशाख । चालू आर्थिक वर्षको हालसम्म माछा मार्न थापिएका जालमा परेर छ वटा गोही मरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा रातिको समयमा थापिएका ठूलो तिहारी जालमा परेर ती गोही मरेका हुन् ।
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सौराहाबाट मेघौलीसम्म राप्ती नदीमा ती गोही मरेका हुन् । पाँचवटा जालमै परेका गोहीलाई उद्धार गरिएको उनले बताए । कतिपय जालबाट फुस्किएर भाग्ने गरेका उनको भनाइ छ ।
खड्काका अनुसार खुट्टामा जाल बेरिएमा पौडी खेल्न नसकेर छिटो गोही मर्ने भए पनि शरीर र मुखमा जाल बेरिएका गोही खान नपाए पनि पाँच÷छ महीनासम्म बाँच्न सक्ने उनले बताए । त्यस्तो अवस्थामा पुगेका गोही कङ्कालजस्तो बनेर मर्ने गरेको पाइन्छ ।
साँझको समयमा जाल थाप्ने र बिहान सङ्कलन गर्ने प्रचलन बढिरहेको भन्दै उनले त्यस्ता जालमा अड्किएर गोही मर्ने गरेको पाइएको बताए । निकुञ्जले हाते जाल प्रयोगका लागि स्थानीय बोटे जातिलाई अनुमतिपत्र दिने भए पनि अटेर गरी लुकिछिपी तिहारी जाल राख्ने गरेको पाइन्छ ।
तिहारी जाल भलिबलको नेटजस्तै ठूलो हुने गर्दछ । यो बलियोसँगै ठूलो पनि हुने भएकाले जालमा परेको गोही निस्कन सक्दैन । खड्काका अनुसार जालको धागोले शरीरमा काट्ने, चोट लाग्ने र मुख एवं शरीर बेरिन्छ । मुख बेरिदा खान सक्दैन भने शरीर बेरिदाँ पौडन नसकेर गोही मर्ने गर्दछ । गत आर्थिक वर्षमा जालमा परेर तीनवटा गोही मरेका थिए ।
दुई वर्षअघि नारायणी नदीमा घडियालको भाले जालमा परेर मरेपछि बर्दियाबाट भाले गोही ल्याइएको थियो । हाल पनि राप्ति र नारायणीमा न्यून सङ्ख्यामा मात्र भाले गोही रहेका छन् । खड्काका अनुसार घडियाल मारे एकदेखि १० वर्षसम्म कैद वा रु एक देखि पाँच लाखसम्म जरिवाना वा कैद तथा दुवै हुने कानूनी व्यवस्था छ तर घडियाल मारेको आरोपमा कोही समातिने र कारवाही हुने गरेको छैन । नदी प्रदूषित बन्दै जाँदा यो जलचर शङ्कटमा पर्दै गएको देखिन्छ । हालसम्म नेपालका विभिन्न नदीमा एक हजार ४६५ गोही हुर्काएर छोडी सकिएको छ ।
राप्ती नदीमा मात्र ७८५ गोही कसरास्थित प्रजनन केन्द्रमा हुर्काएर छाडी सकिएको छ । यद्यपि गत वर्षको गणनामा ११८ मात्र गोही फेला परेका थिए । शङ्कटापन्न अवस्थामा रहेको यो जलचर लोप हुन नदिन सरकारले सन् १९७८ मा प्रजनन केन्द्र स्थापना गरी गोही हुर्काएर नदीमा छाड्दै आएको छ । चालू आवको हालसम्म राप्तीमा १०० गोही छाडी सकिएको छ ।
Related News
सम्बन्धित समाचार
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन
विस्मृतिमा अन्नपूर्ण प्रथम हिमाल
नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ : कांग्रेस
hero news full width
मुख्य समाचार
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०पोखराबाट कांग्रेस नेतृत्वलाई खबरदारी : पार्टीको चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान
जेठ २०, २०८०