नवलपरासी, ५ बैशाख । पूर्वी नवलपरासीको नवलपुरको कावासोतीमा विहीबार बम विस्फोट भएको छ । कावासोतीको मुख्य बजार इन्द्रचोकमै वम विस्फोट भएको हो । विस्फोटको आवाज परसम्म सुनिएकोले वम निक्कै शक्तिशाली भएको स्थानीयले जनाएका छन् ।
विस्फोटबाट मानवीय क्षति भने भएको छैन । इन्द्रचोकको खाली स्थान झाडीमा बम विस्फोट भएको थियो ।त्यसैगरी गैडाकोट नगरपालिका १४ बेल्डियामा रहेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । उक्त वस्तु वम नै भएको बताइएको छ ।
इता दुम्कौली स्वास्थ्य चौकी अगाडि राखिएको शंकास्पद वस्तु झोला भित्र भने जेरीपुरी भेटिएको छ ।त्यसैगरी बन्दको बेला सवारी साधन चलाएको भन्दै विप्लवका कार्यकर्ताहरुले कावासोती १६ डण्डा पत्थर खोला निर एउटा भारतीय ट्रकमा बम प्रहार गरेका छन् । बमबाट आगलागी हुँदा ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ ।
भतरको गुजरातबाट काठमाडौंको लागि प्लाई ल्याउँदै गरेको जे ०२ जी बि २८७० नम्बरको ट्रकमा आगजनी भएको हो । ट्रकमा लागेको आगो प्रहरीले बेलैमा देखेर प्रहरी र सेना गएर नियन्त्रणमा लिएको कारण ट्रक पूर्ण रुपमाव ध्वस्त हुन भने पाएन ।
Related News
सम्बन्धित समाचार
बसको ठक्करबाट बालकको मृत्यु
म्याग्दीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु ,तीन बेपत्ता
माइक्रो दुर्घटनामा १८ घाइते
नवलपुरमा डुबेर दुई बच्चाको निधन, नारायणी नदीमा खसेका एक जनाको उद्दार
कावासोतीमा बस पल्टियो ११ जना घाइते
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९