पोखरा, ५ बैशाख । विप्लव समूहद्वारा विहीवार विहान पोखराको नदिपुर स्थित गण्डकी प्रदेश सभा भवन नजिकै राखिएको बम निश्क्रिय पार्ने क्रममा एक सैनिक घाइते भएका छन् ।
नदिपुर स्थित प्रदेश सभा नजिकैको सडक छेउमा राखिएको बम निश्क्रिय पार्ने क्रममा प्राविधिक समस्या आँउदा नेपाली सेना कालीभञ्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देव्रेहातको पञ्जा र औँलामा क्षेति पुगेको छ । घाइते थाापाको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकररी दिए ।
विप्लव समूहले विहीवार नेपाल बन्दको आब्हान गरेको हो । विहीवार विहानै पोखराको नदिपुर स्थित गण्डकी प्रदेश सभा भवन नजिकैको सडक छेउमा र लेखनाथको सैनिक वस्तीमा दुई वटा बम फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ ।
लेखनाथ स्थित सैनिक बस्तीको बम नेपाली सेनाको प्राबिधिक टोलीले निश्क्रिय पारेको छ भने नदीपुर स्थित प्रदेश सभा भवन नजिकैको वम निश्क्रिय पार्ने काम भइरहेको प्रहरी प्रवक्ता गुरुङले जानकारी दिए ।
ति बमहरु विप्लव समूहले राखेको आशंका गरिएको छ । उक्त समूहको बन्द प्रभाव पोखरामा सामान्य रुपमा परेको छ । केही मात्रामा निजी सवारी साधन र केही सार्वजनिक यातायातका साधन चलेको भएपनि अधिकांश संचालनमा छैनन् । प्रहरी स्कटिङमा विहीवार विहान २८ वटा वस पोखराबाट काठमाण्डौका लागि छुटेको जानकारी प्रहरी प्रवक्ता गुरुङले दिए । अप्रिय घटना नहोस् भनी पोखराका विभिन्न चोकमा सशस्त्र र जनपथका सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
Related News
सम्बन्धित समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९