पोखरा, ३ बैशाख। समाचार लेखेको विषयलाई लिएर साइबर क्राइमअन्तर्गत पत्रकार अर्जुन गिरीविरुद्ध मुद्दा दायर भएपछि कास्कीका पत्रकार आन्दोलित भएका छन्।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र पत्रकार महासंघ कास्कीको आह्वानमा मंगलबार पोखराका पत्रकारले जिल्ला प्रहरी कार्यालय गैह्रापाटन अगाडि उनको रिहाइ माग गर्दै २० मिनेट धर्ना दिए। आन्दोलित पत्रकारले तत्काल बिनाशर्त पत्रकार गिरीलाई रिहाइ गर्नुपर्ने नभए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिएका छन्।
यता, पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव गणेश पौडेलले मंगलबार साँझ विज्ञप्ति जारी गरी गिरीको रिहाइ माग गर्दै आफ्नो अनुकूलतामा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिन आह्वान गरेका छन्। साथै विद्युतीय कारोबार ऐन, दफा ४७ र ४८ खारेजको माग गर्दै आवाज बुलन्द गर्न आह्वान गरिएको छ। समाचार लेखेकै आधारमा विद्युतीय कारोबार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गरी मानसिक यातना दिने काम तत्काल रोक्का सरकार समक्ष जोडदार माग समेत गरिएको छ।
यस्तै, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले विज्ञप्ति जारी गरी पोखराबाट प्रकाशित हुने सबै पत्रिकाहरुमा सम्पादकीय कोलममा कालो पोत्न, रेडियो र टेलिभिजनमा बिहान ६ बजे ९० सेकेण्ड प्रशारण बन्द गर्न तथा अनलाइनहरुमा कालो ब्यानर राख्ने निर्णय भएको जनाएका छन्। सोहीअनुरुप विभिन्न अनलाइनमा कालो ब्यानर राखेको देख्न सकिन्छ। बाँकी आन्दोलनका कार्यक्रम महासंघले बैठक बसेर तय गर्ने अध्यक्ष श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन्। उता, पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरेको छ।
पोखरा व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको विषयलाई लिएर समाचार लेखेका ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक गिरीलाई अदालतले सोमबारदेखि लागू हुने गरी ३ दिनको म्याद थप गरेको जानकारी महासंघ केन्द्रीय महासचिव रमेश बिष्टले दिए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को निदेर्शनमा कास्की प्रहरीले सोमबार पक्राउ गरेर गिरीलाई काठमाडौं लगेको जनाइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनलाइन दर्ता नै नगरेको भन्दै गिरीलाई पक्राउ गरेको भए पनि पत्रिका र अनलाइन प्रेस काउन्सिलमा प्रष्टरुपमा दर्ता रहेको छ। सो सम्बन्धमा काउन्सिलले भूल सुधार गरिसकेको छ।
Related News
सम्बन्धित समाचार
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०