पाल्पा, ३ वैशाख। स्वतन्त्र पकार संघ पाल्पाको दोस्रो अधिवेशनले भोजराज भट्टराईको अध्यक्षमा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ।
कार्यसमिति उपाध्यक्षमा भविन्द्र गौतम, सचिव रामराज ज्ञवाली, कोषाध्यक्ष प्रकाश न्यौपाने, सदस्यमा आरवी निश्चल, सुमन सिंजाली, हरिबहादुर जिसी र डेविड पाण्डे चयन भए। केन्द्रीय पार्षदमा जीवलाल सुवेदी र अम्बिका पाण्डे छन्।
प्रमुख अतिथि साहित्यकार कमल खत्रीले स्वतन्त्र पत्रकारलाई हेर्ने दृष्टिकोण सकारात्मक र सम्मानजनक भएकाले पत्रकारिताको मूल सिद्धान्त, भावना र मर्म अनुसार क्रियाशील रहनुपर्नेमा जोड दिए। उनले सिकाइले परिपक्व बनाउँदै लैजाने भएकाले चुनौती र समस्यालाई सिकाइका रूपमा लिन सुझाव दिए। स्वतन्त्र सधैँ स्वतन्त्र नै रहोस् भन्दै उनले नेतृत्व कौशल सुदृढ बनाउँदै स्वतन्त्रका जिल्ला संस्थापकहरूलाई आग्रह गरे।
संघका केन्द्रीय सहसचिव अम्बिका पाण्डेले जिल्ला समितिलाई आवश्यक सहयोग गर्न केन्द्रीय समिति तत्पर रहेको जनाइन्। निर्वाचन समिति संयोजक पुष्करराज रेग्मी र सदस्य अम्बिका पाण्डेले स्वतन्त्र पत्रकारको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै पृथक कार्यक्रम गर्दै स्वतन्त्रलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।
‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु मूल नारासहित स्थापित स्वतन्त्र पत्रकार संघको नारा सान्दर्भिक रहेको बताउँदै निर्वाचन संयोजक रेग्मीले राजनीतिक पार्टीझैं विभक्त हु“दा नेपालको पत्रकारिताले सही गन्तव्य लिन नसकेको औल्याए।
स्वतन्त्र पत्रकार संघ पाल्पाले केन्द्रको समन्वयमा पाल्पामै गत जेठमा सातौं केन्द्रीय साधारण सभा आयोजना गरी पाल्पा घोषणापत्र जारी गरेको थियो।
२०७३ सालमा पाल्पामा स्थापित स्वतन्त्रले विभिन्न कार्यक्रम गर्दै आएको छ। संघमा विभिन्न मिडियामा कार्यरत पाल्पाका २५ जना पत्रकार आबद्ध छन्।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९