पोखरा, ३ बैशाख। अन्नपूर्णमार्ग ‘ए’ टोल विकास संस्थाले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै अन्नपूर्ण क्लबलाई फुटबल हस्तान्तरण गरेको छ।
प्रमुख अतिथि पोखरा–१० का कार्यबाहक वडाध्यक्ष सम्मरबहादुर श्रेष्ठले आफ्नो जन्म महिनाको अवसर पारी चार थान फुटबल हस्तान्तरण गरेका हुन्। नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखाका सभापति समेत रहेका श्रेष्ठले टोलमा रहेका युवाशक्तिलाई खेलकुद विकासमा टेवा पुर्याउन फुटबल हस्तान्तरण गरिएको बताए। साथै उनले टोल विकास गर्न अब टोलबासी एक्लै नभएको त्यसमा वडाको साथ रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा अन्नपूर्ण मार्ग ‘ए’ टोल विकास संस्थाका पूर्व अध्यक्ष त्रिलोचन सापकोटा, सल्लाहकार रूद्र श्रेष्ठ, चेतनशील आमा समूहका अध्यक्ष रीममाया गुरुङ, हिमाल आमा समूहका सचिव सपना थापा लगायत बोलेका थिए।
अन्नपूर्ण मार्ग ‘ए’ टोल विकास संस्थाका अध्यक्ष ऋषि पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रमका टोलका सल्लाहकार ठाकुरप्रसाद रानाभाटले स्वागत र टोलका सचिव गमबहादुर पुनले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९