पोखरा, ३ वैशाख। थोक व्यवसायी संघ, कास्कीद्वारा नयाँ वर्षको क्यालेण्डर विमोचन गरिएको छ।
पोखरामा सोमबार आयोजित समारोहमा पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव चीनु गुरुङले क्यालेण्डर विमोचन गरेकी हुन्।
प्रमुख अतिथि गुरुङले थोक व्यवसायी र खुद्रा व्यवसायीबीच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्नेमा जोड दिइन्। व्यापार, व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा सदाका लागि अन्त्य गर्नुपर्ने औल्याइन्। कस्मेटिक सामाग्री गुणस्तरीय हुनुपर्नेमा गुरुङको जोड थियो। गुरुङले प्रयोगकर्ताहरुले कस्मेटिक सामग्रीको व्यवहारिक ज्ञान राख्नुपर्नेमा जोड दिइन्।
संघका वरिष्ठ सल्लाहकार मीनराज काफ्ले, सल्लाहकार तुलबहादुर थापा, पोखरा उद्योग वाणिज्य संघका सदस्यहरु केशवबहादुर खत्री, रामेश्वर आचार्य, कस्मेटिक्स व्यवसायी संघका अध्यक्ष उमापति ढकाल, महेन्द्रपुल साँघुमुख बजार व्यवसायी समितिका अधयक्ष सूर्यराज त्रिपाठी, फ्लोरिङ एण्ड फर्निसिङ एशोसिएसनका अध्यक्ष रामकृष्ण ढुङ्गाना र श्रीधर अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
संघका अध्यक्ष लेखनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष हरिप्रसाद भट्टराईले स्वागत र महासचिव प्रेमप्रसाद सुवेदीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९