बुटवल ३ बैशाख । सूचना तथा प्रबिधि मन्त्री गोकुल बास्कोटाले बालुवाटारको जग्गा कीर्तेगरी आप्नो नाममा गराउनेलाई कुनै पनि हालतमा नछाड्ने बताएका छन् ।
रुपन्देहीको मणिग्राममा मंगलबार आयोजित पत्रकार भोटघाट कार्यक्रममा बोल्दै मन्त्री वास्कोटाले भने– प्रधानमन्त्री निवास बालुवाटारको जग्गा कीर्तेगरी आफ्नो नाममा बनाउने जो सुकै मुख्य दोषिलाई सरकारले कारबाही गरी छाड््छ । को को ले कीर्ते गरे छानबिन गरेर कारबाही गछौ, कीर्ते गर्ने मुख्य व्यक्तिलाई पानीमुनि गएपनि छाड्दैनौ, उनले भने –बालुवाटारको जग्गाका सम्वन्धमा आफूले नेकपा महासचिव बिष्णु पौडेल ठगिनु भयो र सरकारले क्षतिपूर्ति दिनुपर्छ भनेको छैन ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले भने –पौडेलले तेश्रो पक्षबाट जग्गा लिएको रहेछ, उहंलाई सरकारले क्षतिपुर्ति दिने होइन जो संग किन्नु भएको हो उसैले हो क्षतिपुर्ति दिने , सरकारले क्षतिपुर्ति दिर्दैन र दिने पनि भनेको छैन ।’
मन्त्री वास्कोटाले तथ्यमा आधारित भएर सरकारको आलोचना गर्न सञ्चारकर्मीलाई आग्रह गरे । उनले भने ‘सरकार तथ्यमा आधारित आलोचनालाई स्वागत गर्छ, उठ्नै नसक्ने गरी ठटाए हुन्छ’ ‘सडक बनाएको नदेख्ने, धुलो उडेको मात्रै देख्ने, बच्चा जन्मेको नदेख्ने आमाको चित्कार र प्रश्रबको रगत मात्रै देख्ने आलोचना सही हुन सक्दैन ।’
देशले नवनिर्माणको बाटो पक्रिसकेको र समृद्धि सिंगो देशको बहसको विषय बनेको दाबी गर्दै मन्त्री बास्कोटाले आलोचनाका बीच पनि सरकारले नव निर्माणको लडाई जितेको जकिर गरे । चीनको ग्रेटवाल पनि एकै दिनमा नबनेको उल्लेख गर्दै उनले सरकारसंग विकास र समृद्धिको स्पष्ट भिजन र समर्पण भएकाले धैर्य गर्न आग्रह गरे ।
अहिले पनि देश निर्माण कि आलोचना भन्नेमा द्वन्द्व रहेको उल्लेख गर्दै कम्युनिस्टको सरकारप्रति धेरैमा मनोवैज्ञानिक र रेडिमेड आशंका उब्जाउन खोजिएको मन्त्री बास्कोटाले बताए ।
सरकारले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न नभई सुरक्षित,व्यवसायिक,देशभक्त बनाउन चाहेको पनि बताए । अन्तर्रा्ष्ट्रिय मामिलामा समेत नेपालको प्रेस विभाजित हुनु दुर्भाग्य भएको भन्दै उनले विश्वमा कतै पनि यस्तो नहुने दाबि गरे ।
यसैविच सोमबार गौमुखी मिडिया सम्मेलनका लागि प्युठान पुगेका मन्त्री वास्कोटालाई भैरहवा विमानस्थलमा बुद्ध एयरले छाडेर गएको भन्दै आक्रोश पोखेका छन् । उनी सोमवार साझ भैरहवा विमानस्थलमा पुग्दा बुद्धको विमान उडिसकेको थियो । जसबाट आक्रोशीत भएका मन्त्री वास्कोटा रुपन्देहीमै वास बसेका थिए । यसरी मन्त्रीलाई समस्यामा पर्ने कम्पनीले जनतालाई धेरै सास्ती दिएको हुन सक्ने भन्दै त्यतातर्फ पनि कलम चलाउन उनले संचारक्रर्मीलाई आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
रेशम चौधरीसहित ५०१ लाई आम माफी
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०