तस्विरः सनिल शाक्य
पोखरा, २ वैशाख। अन्नपूर्ण गाउँपालिका–१० का सात सय घान्द्रुकवासीको आस्थाको केन्द्र मुगुल बराह तथा मौलाकोट नवनिर्मित मन्दिरको विधिवत रुपमा उद्घाटन भएको छ।
तीन सय वर्ष अघिको ऐतिहासिक धरोहरको रुपमा रहेको उक्त मन्दिरको चैत्र शुक्ल अष्टमीको अवसरमा विशेष कोट पूजासहित मौलाकोट मन्दिरका जग्गादाता कणेर्ल जगबहादुर गुरुङले उद्घाटन गरेका हुन्।
तस्विरः सनिल शाक्य
१७३२ सालमा घण्टा चढाएको प्रमाण रहेको उक्त ऐतिहासिक मन्दिरको उद्घाटन अघि मन्दिर परिसरबाट बाजागाजासहित निस्केको कलश यात्राले घान्द्रुकका सात गाउँ परिक्रमा गरेको थियो।
यसैगरी परम्परागत मालश्री गाउनुका साथै स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए।
तस्विरः सनिल शाक्य
त्यस अवसरमा आयव्यय प्रतिवेदन प्रस्तुत गर्दै उद्घाटन समारोहका अध्यक्ष एवम् मुगुल बराह तथा मौलाकोट घान्द्रुक कोट गाउँ मन्दिर पुनःनिर्माण समितिका संयोजक टेकबहादुर गुरुङले मन्दिर पुनःनिर्माणमा ४८ लाख १८ हजार एक सय ५२ रुपैयाँ संकलन भएको र शनिवारसम्म करिब ४० लाख रुपैयाँ खर्च भएको जानकारी दिए।
तस्विरः सनिल शाक्य
समारोहमा प्रमुख अतिथि कणेर्ल जगबहादुर गुरुङ, स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, भदौरे तामागीका पूर्व गाविस अध्यक्ष भक्तबहादुर गुरुङ, घान्दु्रकका पूर्व गाविस उपाध्यक्ष तिलबहादुर गुरुङ, मेजर जुद्धबहादुर गुरुङ, घान्द्रुक समाजका अध्यक्ष हितकाजी गुरुङ, क्याप्टेन रुपबहादुर गुरुङ, समाजसेवी ज्योति गुरुङ, पुनःनिर्माण समितिका संयोजक नन्दकुमारी गुरुङ र अन्नपूर्ण गाउँपालिका वडा १० का वडाध्यक्ष कुमार गुरुङले शुभकामना मन्तव्य राखेका थिए।
तस्विरः सनिल शाक्य
मौला घरधनी कमलकुमारी गुरुङको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन पुनःनिर्माण समितिका सचिव रामप्रसाद गुरुङ र घान्द्रुक रोदी क्लबका सचिव राजबहादुर गुरुङले गरेका थिए।
स्थानीय जनसहयोग तथा मन्दिर पुनःनिर्माण समिति संयोजकद्वय पोखरा उपत्यका बृहत् सफाइ अभियानका अभियन्ता टेकबहादुर गुरुङ र नयाँसडक सुधार समिति पोखराका अध्यक्ष नन्दाकुमारी गुरुङसहितको सक्रियतामा मन्दिर पुनःनिर्माण भएको हो। उद्घाटन समारोहबीच कार्यक्रमका प्रमुख अतिथि कर्णेल जगबहादुर गुरुङ र कोट गाउँ आमा समूहका अध्यक्ष सुष्मा गुरुङले स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलालाई गुरुङ जातिको परम्परागत भेषभूषा भाङ्ग्रा लगाएर सम्मान गरेका थिए।
यसैगरी उद्घाटन समारोहबीच मन्दिर निर्माणमा ५० हजार माथि दान गर्ने दानवीरहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। समारोहमा पोखरा उपत्यका बृहत् सफाइ अभियानका अभियन्ताहरूको पनि सहभागिता रहेको थियो।
तस्विरः सनिल शाक्य
Related News
सम्बन्धित समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
निर्वाचनका लागि ४० दल दर्ता
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
hero news full width
मुख्य समाचार
कोरोनापछि गाईजात्रा रौनक
मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९