गडहरे गुफाको अध्ययन अवलोकन

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७६

स्याङ्जा, २ वैशाख। भीरकोट नगरपालिका–९, कालिकाकोटस्थित गडहरे गुफाको अध्ययन अवलोकन गरिएको छ।

नगरपालिकाले नयाँ वर्षको पहिलो दिन पारेर गुफामै पत्रकार सम्मेलनसहित अध्ययन अवलोकनको व्यवस्था मिलाएको हो। कार्यक्रममा गण्डकी प्रदेश सांसद मेखलाल गुफाको संरक्षण र सम्बद्र्धन गर्दै पर्यटकीय गन्तव्यका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताए।

यसै वर्षदेखि सो स्थलको गुरुयोजना निर्माण गरी भूगर्भविद्सँग समन्वय गर्दै सो स्थललाई नमूना पर्यटकीय स्थल निर्माण गर्न र सडक निर्माणमा सहयोग गर्ने सांसद् श्रेष्ठले जोड दिए। ‘ओखतीपानी होमस्टे र गुफालाई जोड्दै पर्यटक भित्रयाउन स्थानीय तह र प्रदेश सरकारले हातेमालो गर्दै अघि बढ्ने हो, ’ सांसद श्रेष्ठले भने।

कार्यक्रममा प्रदेश सांसद भागवत्प्रकाश मल्ल, युवा नेता विष्णुप्रसाद पौडेल र गोवबन्द कर्माचार्य, भीरकोट नगरसभापति तोयनाथ अर्याल, पत्रकार महासंघ स्याङ्जा अध्यक्ष ओमप्रकाश शर्मा, नेकपाका नेता डोलराज ढुंगााना, नगर प्रवक्ता दीपेन्द्र केसी, वडा अध्यक्षहरु चन्द्रबहादुर बस्नेत, भीम गुरुङ लगायतले गडहरे गुफा प्रचार प्रसारको अभावमा ओझेल परेको बताउँदै सो क्षेत्रलाई पर्यटकीय गन्तब्यसंगै जोडेर अघि बढाउनु पनेर्मा जोड दिए।

भीरकोट नगर प्रमुख छायाराम खनालले प्रकृतिको अनुपम वरदान भीरकोटले पाएको बताउँदै गुफा परिसरमा पार्क निर्माण गरी यातायात, बिजुली, पानी होटल तथा रेष्टुरेन्ट लगायत होमस्टेको प्रवद्र्धनको तयारीमा जुटेको जानकारी दिए।

झण्डै २५ वर्षअघि पत्ता लागेको गुफाभित्र पानीका पोखरी, विभिन्न आकृतिका बनोट, चमेरा लगायतको बासस्थान छ। गुफाभित्र कतै साँघुरा गल्ली त कतै फराकिला बाटाहरु समेत रहेको भीरकोट नगरउपप्रमुख सीमा क्षेत्रीले बताइन्। झण्डै एक किलोमीटर लम्बाईको गुफा रहेको अनुमान गरिएको छ। भीरकोट नगरपालिकाले गुरुयोजना तयार गरी गुफा संरक्षणमा जुटेको छ। गुफा वरपरका क्षेत्रलाई तारबार गरिएको छ भने गुफाभित्र जानका लागि भ¥याङ्को पनि व्यवस्था गरिएको छ।

पत्रकार सम्मेलनको सहजीकरण पत्रकार एशिवशरण महतले गरेका थिए। भीरकोट नगरपालिका बयरघारी बजारदेखि झण्डै ९ किलोमीटर कच्ची बाटोको यात्रापछि गुफामा पुग्न सकिन्छ। गुफामा जानका लागि मोटरबाटोको पहुँच पुगेको छ।

पहिलो दिनमा झण्डैं ५ सय जनाले गुफाको अवलोकन गरेका थिए। सोमध्ये ५० जना गुफाभित्रै पुगे।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width