पत्रकार गिरी महासंघको रोहवरमा रिहा

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७६
57044334_10217450909856814_4956137495008903168_n

पोखरा, २ वैशाख /समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेका पत्रकार अर्जुन गिरी रिहा भएका भएका छन् ।
गिरीलाई पत्रकार महासंघ केन्द्रीय कार्यालयको रोहवरमा मंगलबार बिहान १० बजे केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा हाजिर गराउने शर्तमा छाडिएको हो ।

प्रेस संगठन नेपाल कास्कीका नेता तथा ताण्डवन्युज डटकम र ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई साईवर क्राईमको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पोखरामा पक्राउ गरेकोमा उनलाई बुद्ध एयरको विमानमार्फत दिउँसो काठमाडौं लगिएको थियो ।

पोखराका ब्यवसायी विपिन बतासले ठगी गरेको समाचार गत चैत २२ मा ताण्डव न्यूजमा प्रकाशित भएको थियो । सोही समाचार ताण्डव न्यूज डटकममा समेत प्रकाशित भएको थियो । यसरी आफ्नो चरित्र हत्या गरिएको भन्दै बतासले साईवर क्राईम अन्तर्गत सीआईबीमा उजुरी दिएका थिए ।

समाचार लेखेकै विषयलाई लिएर पत्रकार पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ लगायत पत्रकारसम्बद्ध विभिन्न संघसंगठनले विज्ञप्तिमार्फत बिनाशर्त रिहाइको माग गरेका थिए।

महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा समाचारमा चित्त नबुझे नियमनकारी निकाय हुँदाहँुदै साइवर क्राईमसम्वन्धी उजुरी र पक्राउ गर्ने काम गलत भएको ठहर गरिएको छ । विज्ञप्ति मार्फत पक्राउ परेको पत्रकार गिरीलाई तुरन्त रिहा गर्न समेत माग गरिएको छ ।

पछिल्लो समयमा विभिन्न बहानामा पत्रकार र मिडिया माथि आक्रमण र मनोबैज्ञानिक त्रास उत्पन्न गराउने प्रयास भइरहेको छ यस्ता कार्यप्रति आपत्ति जनाउदै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सम्बन्धित सवैमा महासंघ कास्कीले आग्रह गरेको छ ।
यस्तै, प्रेस संगठन कास्की, नेपाल प्रेस युनियन कास्की, फोनिज कास्की, खेलकुद पत्रकार मञ्च, रिपोर्टस् क्लब, क्रियाशील पत्रकार महिला लगायतले घटनाको निन्दा गरेका हुन् ।

‘समाचार प्रकाशन र प्रसारणको विषयलाई लिएर चित्त नबुझेमा खण्डन छाप्ने, नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधान हुँदाहँुदै पत्रकारलाई साइबर क्राइमको मुद्दा दर्ता गर्नु संविधानमै व्यवस्था भएको अधिकार विपरीत रहेको विज्ञप्तिमा उल्लेख छ ।

गिरीले लेखेको समाचारमा बतासले पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमशः १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको उल्लेख छ ।

श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएको कुरालाई समाचारको आधार बनाइएको छ।

यसैबीच, मनोज श्रेष्ठ र जनकराज पहारीले बतासविरुद्ध ठगीको उजुरी दिएकोे बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • खर्कमा पर्यटक चहलपहल

    धनबहादुर गुरुङ चैत्र १४, २०७९
    पोखरा । भैँसी र भेडा चर्ने खुमैडाँडाको खर्कमा पर्यटक चहलपहल देख्दा मिर्सा गाउँका सूर्यबहादुर गुरुङ निकै खुसी छन् । भैँसी…
  • कार्यकारी अधिकार खोज्दै समन्वय समिति

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । केही समयअघि देशैभरका जिसस प्रमुख र उपप्रमुख भेला भएर पोखराबाट एकै स्वरमा भने, ‘यही हालतबाट जिसस चलाउनुभन्दा खारेज…
  • बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    स्याङ्जा । बुटवल पावर कम्पनी (बिपिसी) द्वारा स्याङ्जामा उत्पादित एवं वितरित विद्युत् महसुलमा दोब्बर वृद्धि गरेको सूचना सार्वजनिक भएपछि स्याङ्जाका…
  • पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । वन विज्ञान अध्ययन संस्थान, मातहतको वन क्याम्पस पोखरामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको…
  • म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु   

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    म्याग्दी ।  म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर…

hero news full width