महायज्ञमा झण्डै सवा करोड संकलन

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७६
20190414084302_IMG_4954_Fotor

पोखरा, १ वैशाख। पोखरा–१७ राम मन्दिररमा सम्पन्न महायज्ञबाट एक करोड चौध लाख रुपैया संकलन भएको छ।

गुरुकुल स्थापना एवं राममन्दिरको बृहत्तर विकासका लागि आयोजना गरिएको महायज्ञ ९ दिन सम्म चलेको थियो। उक्त महायज्ञमा दयानिधि गौतमले कथा बाचन गरेका थिए।

समापन समारोहका अध्यक्ष एवं राम मन्दिर संचालक समितिका अध्यक्ष लीलाभक्त आचार्यले महायज्ञ सफल भएको बताए। उनले महायज्ञ सफल पार्नका लागि जुटेका सम्पूर्ण भक्तजनहरु प्रति आभार व्यक्त गरे।

समापन कार्यक्रमका प्रमूख अतिथि राष्ट्रिय सभा सदस्य बिन्दादेवी रानाले यस्ता कार्यक्रमले आयातित धर्मको प्रचार प्रसारलाई रोक्न सहयोग पुग्ने बताइन्। धार्मिक पर्यटनको बिकास गर्नका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउँदै बैदिक सनातन धर्मको संरक्षणका लागि कदम चाल्नुपर्ने अबस्था देखिएको बताएकी छन्।

क्रिया, ज्ञान र ईच्छाको लागि हरेक मानिसले शक्तिको आराधना गर्न आवश्यक रहेको बताउँदै नवरात्रको अबसर पारेर आयोजित बिराट ज्ञान महायज्ञले सबैमा ज्ञानको बीज रोपेको उनले बताइन्।

प्राध्यापक डा. भूपति ढकालले सबै नेपाली एकजुट बनेर देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुपर्ने बताउँदै नेपाल रहे मात्र नेपाली भनेर गौरब गर्न सकिने भएकाले राष्ट्प्रतिको कर्तव्य हरेक नेपालीले पूरा गर्नुपर्ने बताइन्।

प्रा.डा शालिकराम सूवेदीले महायज्ञ सफलतापूर्वक सम्पन्न भएकोमा बधाई ज्ञापन गर्दै जुन उद्देश्यका साथ महायज्ञ आयोजना गरियो सोही अनुसारको कार्य गर्नुपर्नेमा जोड दिएका छन्।

वरिष्ठ उपाध्यक्ष रुद्रनाथ बरालले महायज्ञ अपेक्षा भन्दा अझै सफल भएको बताउँदै सबैको साथ र सहयोगका कारण नै यो कार्य सम्भव भएको बताए।

राम मन्दिर परिसर भित्र निर्माणाधिन अबस्थामा रहेका धर्मशालाको बाँकी भौतिक निर्माण सम्पन्न गर्न, बैदिक सनातन हिन्दु धर्म संस्कृतिको संरक्षण, गूरुकूल आश्रम निर्माण, संस्कृत शिक्षाको अध्ययन अध्यापन र धर्म संस्कृतिको संरक्षण कार्यमा लाग्ने पबित्र उद्देश्यले आयोजित महायज्ञमा सफल भएको बताए। साथै उनले भक्तजनहरुको उल्लेख्य सहभागिता भएको प्रति महासचिव पुण्डरी प्रसाद बरालले खुसी व्यक्त गरे।

समापनकै अबसरमा झाँकी र्यालीमा उत्कृष्ट समूहलाई पुरस्कार समेत प्रदान गरिएको छ। कलशयात्रामा निकालिएको झाँकी र्यालीमा राम जानकी शान्तिपथ आमा समूह प्रथम भएको छ। द्धितीय संकल्प आमा समूह, तृतीय राममन्दिर पतञ्जली योग समूह र सान्त्वना बिरौटा महिला उद्धार समूह भएको छ। प्रथमले ५०००, द्धितीयले ३०००, तृतीयले २००० हजार र सान्त्वनाले १००० रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् जसलाई समाजसेवी भीम बहादुर भट्टराईले प्रायोजन गरेका थिए।

यसैगरि रामनवमीका दिन निकालिएको रथयात्रा कार्यक्रममा झाँकी र्याली तर्फ शान्तिपथ टोल बिकास संस्था र राम जानकी आमा समूह उत्कृष्ट भएका छन्। प्रत्येक समूहले ५००० रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। जसलाई समाजसेवी दुर्गा बरालले प्रायोजन गरेका हुन्।

Related News

सम्बन्धित समाचार

  • रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड

    धनबहादुर गुरुङ जेठ १५, २०८०
    पोखरा । गणतन्त्र दिवसका दिन फेवा किनारको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिने सूचना केही हप्ता अघिदेखि नै सञ्चार माध्यममार्फत्…
  • कौसी खेतीमा पोखरा महानगरको जोड

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरा महानगरपालिकाले आगामी वर्षको बजेटमा कौसी खेती र करेसा खेतीलाई जोड दिने बताएको छ । पोखरा महानगरपालिकाकी उपप्रमुख…
  • चापापानी टोल विकासमा प्रेम

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरा महानगरपालिका १२ चापापानी टोल विकास संस्थाको आमभेलाले प्रेमबहादुर कार्कीको अध्यक्षमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ…
  • सिर्जनशीलमा प्राज्ञिक लेखन र भाषा साहित्य गोष्ठी

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराको आयोजनामा जेठ १२ र १३ गते प्राज्ञिक लेखन कार्यशाला तथा भाषा साहित्य विषयक गोष्ठी…
  • सेतीकालीको प्रथम मुखपत्र विमोचन

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । सेतीकाली साहित्य संगम भीमादले नव वर्षको अवसरमा सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्र विमोचन गरेको छ । गीतल प्रतिष्ठान…

hero news full width