पर्यटकीय गाउँलाई १० लाख अनुदानको तयारी

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७६
ghandruk

फाइल तस्बिर

लमजुङ, १ वैशाख। गण्डकी प्रदेश सरकारद्वारा लमजुङका १४ वटा ग्रामीण पर्यटकीय गाउँलाई एक करोड ४० लाख रूपैयाँ अनुदान दिने तयारी गरेको छ। जिल्ला स्थित डिभिजन बन कार्यालयमार्फत सो रकम दिने भएको हो।

प्रदेश सरकारले निर्धारण गरको होमस्टेमा पर्यटन विकास तथा पूर्वाधार व्यवस्थापन अनुदान कार्यविधिको सर्त पूरा गरेका ती १४ ग्रामीण पर्यटकीय गाउँलाई प्रति गाउँ १० लाख रूपैया अनुदान दिने भएको हो। प्रदेश सरकारले चालु आवमा तीन सय ग्रामीण पर्यटकीय गाउँलाई अनुदान दिने घोष्णा गरेको छ। सोही कार्यक्रम अनुसार पहिलो चरणमा जिल्लाका १४ ग्रामीण पर्यटकीय गाउँ छनौट भएको डिभिजन वन कार्यालय लमजुङमा प्रमुख प्रभात सापकोटाले बताए। उनका अनुसार लमजुङका २९ वटा होमस्टेले आवेदन दिएका थिए। अन्यको होमस्टे कार्यविधि २०७५ अनुसारको मापदण्ड नपुगेका कारण अनुदान नपाएको र १४ वटा छनौटमा परेको हुन्।

लागतको २० प्रतिशत खर्च सञ्चालक र १० प्रतिशत बजेट सम्बन्धित स्थानीय तहले उपलब्ध गराउने सुनिश्चितताको सिफिारिस पत्र सम्झौता गर्दा पेस गर्नुपर्ने प्रावधान रहेको सापकोटाको भनाइ छ। उनका अनुसार १४ लाख ४० हजारको काम गरेमा १० लाख रूपयाँ अनुदान पाउने छन्। त्यस मध्ये १ लाख ४० हजार रूपैयाँ सम्बन्धित पालिकाले खर्च गर्नुपर्ने हुन्छ।

अनुदान रकम पाउने १४ वटै होमस्टेसंग कार्यालयले सम्झौता गरिसकेकाले हुँदा तत्काल अनुदान रकम प्रदान गर्ने तयारी छ उनले बताए। उनका अनुसार शुरुमा ४० प्रतिशत रकम दिनेछ। पछि कामको आधारमा रकम भुक्तानी गरिनेछ।

गण्डकी प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले स्थानीय तहसँगको सहकार्यमा होमस्टे प्रवद्र्धनका लागि अनुदान उपलब्ध गराउन गत पुस महिनामा प्रस्ताव आह्वान गरेको डिभिजन वन कार्यालय लमजुङमा प्रमुख सापकोटा भन्छन्। उनका अनुसार अन्य होमस्टेको मापदण्ड पुगेपछि अनुदानका लागि छनौट हुन सक्ने छन्।

‘स्थानीय गाउँबासीको आयआर्जनका लागि स्वारोजगार प्रवद्र्धनका साथ पर्यटन विकास का लागि अनुदान दिन लागिएको हो। ’ उले भने ‘होमस्टेले धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सक्ने हुनु पर्यो। खानाका परिकारदेखि लिएर अन्य सेवा सुविधामा राम्रो हुनु पर्छ। ’

होमस्टे अनुदानका लागि सिफासिर भएका ग्रामीण पर्यटकीय गाउँहरूमा क्व्होलासोंथर गाउँपालिकाका– ४, क्व्होलासोंथर गाउँपालिका घलेगाउँ समेत रहेको पालिको हो। अन्यमा वेशीशहर र सुन्दरबजार नगरपालिकाका ३/३, राइनास नगरपालिकाका र मस्र्याङ्दी गाउँपालिकाका– २/२ भएको सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार क्व्होलासोंथर गाउँपालिकामा अनुदान पाउने चारवटै सामुदायिक होमस्टेहरू छन्। ती हुन्– वाडनं– ४ को भुजुङ, वडानं ६ को पसगाउँ, वडानं ८ को घाम्राङ गाउँ र ९ को गिलुङ गाउँमा सञ्चालित सामुदायिक होमस्टेहरू छन्।

राइनास नगरपालिरका– ९ कुँडुले सामुदायिक होमस्टे र १० को राइनासकोट होमस्टे, वेशीशहर नगरपालिकाको वडानं २ नरुवालको मगर होमस्टे, सोही नगरपालिका– ३ रापासिङ सामुदायिक होमस्टे छन्। यसैगरी, मस्र्याङ्दी गाउँपालिका– ३ को सिउरुङ होमस्टे र वडानं ८ को तामाङ होमस्टे छन्।

त्यस्तै, सुन्दरबजार नगरपालिका– ३ को खजेगाउँ दुराडाँडा होमस्टे, वडानं ५ को गहते मूलकोटमा सञ्चालित होमस्टे र सोही नगरपालिका– ११ को तुर्लुङकोट होमस्टे रहेको डिभिजन बन कार्यालयले जनाएको छ।

अनुदानमा प्राप्त हुने रकम उनीहरूले ग्रामीण पर्यटनको पूर्वाधार विकासमा खर्च गर्नुपर्ने प्रावधान रहेको सापकोटाले जानकारी दिए। उनका अनुसार उक्त रकम होमस्टे सञ्चालकले गोरेटो बाटो, सार्वजनिक शौचालय, सामुदायिक भवन, पर्यटन सूचना केन्द्र, प्रवेशद्वार निर्माण लगायतका पूर्वाधार विकासका कार्यमा खर्च गर्न सक्छन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width