लमजुङ, १ वैशाख। वेशीशहर नगरपालिकाले सेवाग्राहीको स्वास्थ्य अवस्था जान्न निःशुल्क स्वास्थ्य परीक्षण सेवा शुरु गरेको हो। वेशीशहर नगरपालिका स्वास्थ्य शाखाले कार्यालय परिसरमै संचालन गरेको निःशुल्क ‘हेल्थ डेक्स’ सेवाको मेयर गुमानसिंह अर्यालले उद्घाटन गरे।
उनले सामान्य परीक्षणका लागि सहज बनाउन र सेवाग्राही काम लिएर आउँदा आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन सजिलो हुने भएकोले ‘हेल्थ डेक्स’ स्थापना गरिएको बताए।
सेवाग्राहीको ब्लडप्रेसर, सुगर, अक्सिजन लेवल, नाडीको धड्कन, तौल परीक्षणको साथै उचाइ नाप्ने व्यवस्था गरिएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमेश्वर पियाले बताए। उनका अनुसार स्वास्थ्य परीक्षणमा समस्या देखिएमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पठाइने छ।
‘हेल्थ डेक्स’ स्थापनाका लागि नगरपालिकालाई जीआइजेडले सहयोग गरेको छ। जीआइजेडका नीराजन सुवेदीले नगरपालिकाले दिने सेवा थप प्रभावकारी बनाउन ‘हेल्थ डेक्स’ स्थापनामा सहयोग गरेको बताए।
वेशीशहर नगरपालिका– ८, शेराफाँटका ६७ वर्षीय कृष्णबहादुर दीक्षितको स्वास्थ्य परीक्षण गरी सेवाको थालनी गरिएको हो। दीक्षितले भने, ‘विकास निर्माणका बारेमा कुरा गर्न आएको थिएँ। स्वास्थ्य परीक्षण गर्न पाउँदा खुसी लाग्यो। ’
आमनागरिकको स्वास्थ्यप्रति जिम्मेवार भएर नगरपालिकामा ‘हेल्थ डेक्स’ स्थापना गरिएको र यसबाट सेवाग्राहीलाई सहयोग पुग्ने वेशीशहर नगरपालिका प्रेस सल्लाहकार कृष्ण केसीले बताए।
उनका अनुसार गण्डकी प्रदेशका पालिकाहरूमध्ये ‘हेल्थ डेक्स’ स्थापना गर्ने वेशीशहर नगरपालिका पहिलो हो।
Related News
सम्बन्धित समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
जेठ २७, २०८०तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०