पोखरा, १ वैशाख। फेवा तालको किनारमा आयोजित १६ औ फेवा नब बर्ष २०७६ का अवसरमा आयोजित झाँकी प्रतियोगितामा बाँझापाटन तमु सममाज प्रथम भएको छ।
प्रतियोगितामा ताङतिङ दूधपोखराी तमु समाज द्वितीय र सिमाना मार्ग मिलन भजन समूह तृतीय भएका छन्। क्षत्री महिला समाजले भने सान्त्वना स्थान हासिल गरेको थियो। यसैगरी महोत्सवकै अवसरमा आयोजित आमा समूहहरूको प्रस्तुतीमा भने देवीस्थान भलछोपुवा आमा समूह प्रथम, अन्नपूर्ण आमा समूह द्वितीय र सक्षम आमा समूह तृतीय भएका छन्।
गाईघाट आमा समूह भने प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्न सफल भएको छ। दुबै प्रतियोगितामा गरी कूल ३६ समूहले भाग लिएको महोत्सवका प्रचार संयोजक एवं आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले जानकारी दिए।
महोत्सव अन्तर्गत नै गण्डकी प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता पनि समावेश गरिएको थियो। झाँकी प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रूपैयाँ, दोश्रो हुनेले ३० हजार रूपैयाँ, तृतीय हुनेले २० हजार रूपैयाँ र शान्त्वना स्वरूप १० हजार रूपैयाँ पुरस्कार व्यवस्था गरिएको थियो। यसैगरी आमा समूह विचको प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपैयाँ तथा सान्त्वना पुरस्कार पाँच हजार रूपैयाँ व्यवस्था गरिएको थियो।
नृत्य प्रतियोगिताका विजेताले ३० हजार रूपैयाँ, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरूप क्रमशः २० हजार, १० हजार र पाँच हजार रूपैयाँ व्यवस्था गरिएको थियो। भरतराज शर्मा र दोर्जे तामाङले सांस्कृतिक उपसमितिको जिम्मेवारी निर्वाह गरेका थिए। खाना, संस्कृति र संगीत भन्ने नाराका साथ आयोजित महोत्सव गत चैत २९ गतेबाट लेकसाइड स्थित कोमागाने पार्कमा सुरु भएको थियो। आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्दै फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्धेश्यसाथ यो महोत्सव आयोजना गरिएको महोत्सवको संयोजक विकल तुलाचनले जानकारी दिए। महोत्सव वैशाख १ आइतबार सम्मका लागि आयोजना गरिएको हो।
Related News
सम्बन्धित समाचार
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण
वडामार्फत् भूमि सेवा दिने तयारी
पोखरा १३ का उपलब्धि : सिपमूलक तालिमसँगै विकास निर्माण
पोखरा २६: वर्षदिनमा १ सय २९ योजना सम्पन्न
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०