राममन्दिर समितिको विशेष साधारण सभा

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७६
ram mandir_Fotor

पोखरा, ३० चैत। पोखरा–९, नयाँबजारस्थित राममन्दिर सेवा समितिको शनिबार विशेष साधारण सभा बस्यो।

भगवान् रामचन्द्रको जन्मोत्सव अवसरमा बसेको साधारण सभामा समाधि परसर जग्गामा सुविधासम्पन्न क्रियाकर्म गर्ने घर शवदाहका लागि दाउरा डीपो निर्माण गर्ने निर्णय गरिएको छ।

समितिअन्तर्गत १४२ कित्ताको साढे ५ रोपनी जग्गामध्ये करिब १ रोपनी जग्गामा उक्त संरचना निर्माण गर्न लागिएको मन्दिरका प्रमुख संरक्षक युवराज श्रेष्ठले जानकारी दिए।

समिति अध्यक्ष नारायणप्रसाद बास्तोलाको अध्यक्षतामा भएको सभा सचिव महेश सिग्देलले संचालन गरेका थिए।

उक्त अवसरमा भगवान् रामचन्द्रको पूजापाठ, रुद्री हवन, सिद्धपूजा र भजनकीर्तन गरिएको मन्दिरका पण्डित कृष्ण सुवेदीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…
  • शताब्दी काव्यपुरुष गोपाल वैद्य ‘किञ्जल्क’ को निधन

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । शताब्दी काव्यपुरुष गोपाल वैद्य ‘किञ्जल्क’ को निधन भएको छ । उनको गएराति ११ बजे फेवा सिटी हस्पिटलमा उपचारका…
  • पोखरामा बोलबम सुरु, धार्मिक पर्यटनमा टेवा

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । ‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ पोखरामा यस वर्ष पनि बोलबम पदयात्रा सुरु भएको छ ।…
  • चिल्ड्रेन पार्कमा कांग्रेसको वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित चिल्ड्रेन पार्क (शिवालय पार्क) मा वृक्षरोपण गरिएको छ । नेपाली कांग्रेस वडा…

hero news full width