पोखरा, ३० चैत । पाल्पाली समाज पोखराको १७ औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भयो । सो अवसरमा समाजद्वारा प्रकाशित २०७६ सालको क्यालेन्डर विमोचन, शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम गरियो ।
प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले समाजमा आबद्ध रहेर कर्मथलो पोखरालाई बनाएकोमा खुसी व्यक्त गर्दै समाजका विभिन्न गतिविधिले आपसी भाइचारा विकासमा मद्दत पुग्ने बताए ।
पोखरामा बसोबास गरिरहेकाहरु तथा पर्यटक गरी महानगरले ३५ लाख नागरिकलाई सेवा प्रदान गर्दैआएको जानकारी दिए । उनले पोखरामा क्रियाशील विभिन्न सम्पर्क समाजले पनि हाम्रो महानगर, राम्रो महानगर बनाउन अहम् भूमिका हुने बताए ।
गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले पाल्पाली समाजलाई आफूलाई जहाँ गए पनि नभुल्ने बताए । प्रदेशबाट सरुवा भइ जान लागेका सचिव श्रेष्ठलाई सोही अवसरमा समाजले बिदाइ समेत ग¥यो ।
यस्तै, समाजको स्थापनाकालदेखि हालसम्म योगदान पु¥याएकोमा समाजले पूर्व अध्यक्ष एवं सल्लाहकार गरी ३ जना सम्मान गरेको छ ।
सम्मानित हुनेमा समाजका पूर्व अध्यक्ष, सल्लाहकार एवं पाल्पाली कल्याणकारी कोष संयोजक चिरञ्जीवी श्रेष्ठ, पूर्व अध्यक्ष एवं सल्लाहकार ताराप्रसाद पोखरेल, समाजका संस्थापक सचिव एवं सल्लाहकार लोकनाथ काफ्लेलाई मेयर जिसीले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेका हुन् ।
यस्तै, समाजको गतिविधि समेटिएको २०७६ सालको क्यालेण्डर मेयर जिसी र सचिव श्रेष्ठले संयुक्त विमोचन गरे । बाबुराम खनालको संयोजकत्वमा प्रकाशित क्यालेन्डर प्रकासन उपसमिति सदस्यमा नारायणप्रसाद पौडेल र केशव नेपाल छन् ।
समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले समाजलाई यो स्थानसम्म ल्याइपु¥याउने सम्पूर्ण व्यक्तिको स्मरण गर्दै समाजले माघ ५ मा ऐतिहासिक रुपमा सम्पन्न गरेको पाल्पाली सांगीतिक साँझ सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गरे । सो साँझमा सहयोग गर्नेलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा समाजका सल्लाहकार जनपुकार मुनकर्मी, इ.चन्द्रप्रसाद काफ्ले, निवर्तमान अध्यक्ष बाबुराम खनाल, सम्मानित व्यक्तित्व एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पाल्पाली गायक नवीन पौडेलले गायन प्रस्तुत गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक रेशम रचक र संचालन महासचिव श्रीधर पराजुलीले गरेका थिए । सम्मानित व्यक्तित्वको परिचय सचिव केशव नेपालले दिएका थिए ।
कार्यक्रममा महासचिव श्रीधर पराजुलीले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष सञ्जय आत्रेयले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए । समाजले आयोजना गरेको पाल्पाली सांगीतिक साँझमा १८ लाख आम्दानी भएकोमा १४ लाख खर्च भएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
२०५१ सालमा स्थापित पाल्पाली समाज पोखरा यस क्षेत्रकै सबैभन्दा पुरानो सम्पर्क समाज हो । समाजले छिट्टै सहकारी संचालन गर्न लागेको सल्लाहकार चिरञ्जीवी श्रेष्ठले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९