सुनसरी , ३० चैत । सुनसरीमा शुक्रवार राति सवारी दुर्घटना परी तीन जनाको मृत्यु भएको छ, भने ९ जना घाइते भएका छन् ।
धरानबाट इटहरी तर्फ आँउदै गरेको कार, ट्याक्टर र बस शुक्रबार राती धरान–८ सेउती पुलनजिक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा इटहरी–५, का अनिल श्रेष्ठ, धनकुटाका जनक वुढाथोकी र इटहरी–४, का मदन लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । मृत्यु हुने सवै कारमा सवार भएका व्यक्ति हुन् ।
सुरुमा धरानबाट इटहरीतर्फ आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कार सोही दिशाबाट आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टरसँग ठोक्किएको थियो। ट्रयाक्टरसँग ठोक्किएको कार इटहरीबाट धरानतर्फ जाँदै गरेको को १ ख ४७६१ बसमा गएर ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा कार चालक मोरङको सुन्दर हरैचा–४ का ४५ वर्षीय गोविन्द बस्नेत गम्भीर घाइते भएका छन्। उनको विराटनगरस्थित विराट नर्सिङहोममा उपचार भइरहेको छ। बाँकी ८ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। बसमा सवार पाँच र ट्रयाक्टरमा सवार तीन जना भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
hero news full width
मुख्य समाचार
काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९म्याग्दीको मालिका वडा २ को अध्यक्षमा एमालेका बुढाथोकी विजयी
वैशाख ३१, २०७९पोखरा महानगरको मतगणना सुरु
वैशाख ३१, २०७९पर्वतका सबै तहमा मतगणना सुरु
वैशाख ३१, २०७९पोखरा महानगरको मतगणना दिउँसो २ बजेदेखि
वैशाख ३१, २०७९