पाेखरा, २९ चैत । देशका अधिकांश स्थानमा आधुनिकताका नाममा प्रचलित संस्कृति हराउँदै गएको वास्तविकतामा पोखरा महानगरपालिका वडा नं ३३ तोरीचौर र यस आसपासका स्थानीयवासी चल्दै आएको चैते दशैं विशेष पूजालाई निरन्तरता दिदै आएका छन् ।
प्राचीन कालदेखि नै साविक भरतपोखरी गा.वि.स.को वडा नं ३ कालिकास्थानस्थित कालिका मन्दिरमा पूजाआजा गर्दै आइएकोमा जनसंख्या बृद्धिसँगै २०४५ सालदेखि तोरीचौरमा नै महाकाली मन्दिर स्थापना गर्दै नियमित पूजाआजा गर्न थालिएको हो ।
महाकाली मन्दिर संरक्षण समितिका पूर्व अध्यक्ष रामबहादुर भण्डारीका अनुसार मन्दिर स्थापना भए यता प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी(चैते दशैं)का अवसरमा मन्दिरमा बलि पूजा सहित विशेष पूजा गर्ने गरिएको छ ।
चैते दशैंका साथै आश्विन शुक्ल पक्ष, अन्य विभिन्न महत्वपूर्ण तिथि एवम् पर्वमा मन्दिरमा पूजाआजा हुने गरेको उनले जानकारी दिए ।चैते दशैंका अवसरमा गरिने पूजामा महाकालीका लागि बोकाको बलि, मन्दिर परिसरमा नै रहेको माईको थानमा पाठीको बलि दिने गरिएको स्थानीय समाजसेवी एवम् मन्दिर संरक्षण समितिका सदस्य विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार यस वर्ष पनि बोका र पाठीको बली सहित चैते दशैं विशेष पूजा गरिएको छ । महाकाली मन्दिरमा विशेषतः चैनपुर, पानी टंकी, तोरीचौर, महाकाली चोक लगायतका स्थानबाट दर्शनार्थी आउने गरेको महाकाली टोल विकास संस्थाका अध्यक्ष लालुप्रसाद पराजुलीले जानकारी दिए ।
मन्दिरको स्थापनाका साथै संरक्षण र विकासका लागि स्थापनाकालिन समयदेखि मन्दिर संरक्षण समिति, आमा समूह, टोल विकास संस्था सबैको सकृयता रहेको तोरीचौर आमा समूहकी पूर्व अध्यक्ष मीना भण्डारीले बताइन् ।
चैते दशैंका अवसरमै भरतपोखरीको बरस्थित कोटभैरव मन्दिर, कालिकास्थानस्थित कालिका मन्दिरमा पनि आज विहानैदेखि सर्वसाधारणले पूजाआजा गरेका छन् ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
hero news full width
मुख्य समाचार
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९