लमजुङ, २९ चैत । ग्रामीण पर्यटनको पर्याय बन्दै गरेको लमजुङको एक गाउँले आठ वर्षमा अतुलनीय प्रगति गरेको छ ।
बेसीशहर नगरपालिका– ३ को ग्रामीण पर्यटकीय गाउँ काउलेपानीले आठ वर्षमा झण्डै एक लाख पर्यटक भित्र्याएर त्यस्तो प्रगति गर्न सफल भएको हो । बेसीशहर नगरपालिका– ३ मा अवस्थित काउलेपानी गाउँ जिल्ला सदरमुकामबाट अति नजिक भएको कारणले पनि सो गाउँलाई त्यस्तो सफलता मिलेको हो ।
बेसीशहरमा बास बस्न आएका पर्यटक तथा कामले बेसीशहर आएकाहरू यहाँ बास बस्नुको सट्टामा काउलेपानीका बारेमा जाने, सुनेपछि त्यसगाउँमा जाने गरी आएका छन् । सन् २०११ बाट ग्रामीण पर्यटनतर्फ कदम चालेको उक्त गाउँले वितेको आठ वर्षको अवधिमा कुल ९८ हजार ९ सय ७९ पर्यटक भित्र्याउन सफल भएको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको संख्या हो त्यो । गुरुङले दिएको जानकारी अनुसार काउलेपानी गाउँमा राखिएको रेकर्डले अनुसार ९८ प्रतिशत आन्तरिक र २ प्रतिशत मात्र विदेशी पर्यटक काउलेपानीमा पुगेका छन् ।
उक्त रेकर्ड अनुसार एकै वर्षको अन्तरमा काउनलेपानीमा दोब्बरसंख्यामा पर्यटक पुगेका छन् । सन् २०११ मा ३ हजार ४ सय ८३ जना पर्यटक पुगेका थिए भने सन् २०१२ मा ७ हजार ९ सय ९९ पर्यटक काउले पानीमा पुगेको देखिन्छ । यसैगरी, सन् २०१३ मा १० हजार १ सय १५ जना, सन् २०१४ मा १० हजा ३ सय १५ जना, सन् २०१५ मा १३ हजार ३ सय ६९ जना पर्यटक काउलेपानी पुगेका थिए । त्यस्तै, सन् २०१६ मा १६ हजार ३ सय ११ जना, सन् २०१७ मा १८ हजार ३ सय र सन् २०१८ मा १९ हजार ६० जना पर्यटक ग्रामीण पर्यटकीय क्षेत्र काउलेपानीमा पुगेका थिए ।
समुद्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत १४ वटा हिमाल आँखै अगाडि देख्न सकिन्छ । शाहवंशीय राज्य उदय भएको लमजुङ दरबार, काउलेपानी देवीको मन्दिर, कोट, किल्ला, गढी काउलेपानी होमस्टेको विशेषता हो भने गुरुङ जातिको लोक संस्कृतिको अनुभूति समेत यस गाउँमा गर्न सकिन्छ । काउलेपानी गाउँमा जम्मा २५ घरधुरी छन् । तीमध्ये १५ घरमा होमस्टे अर्थात् घरबास कार्यक्रम सञ्चालन गरिएको छ । जसमा दैनिक ८४ जनालाई बासको प्रवन्ध गर्ने क्षमता छ ।
यो निकै पुरानो इटा हो भन्ने देख्दा पनि अनुमान गर्न सकिन्छ, सत्यतथ्य पत्ता लगाउन हामी नगरपालिकाको तर्फबाट पुरातत्व विभागमा पठाउँछौं बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताए । उनका अनुसार यसको खोज अनुसन्धानका लागि नगरपालिकाले थप कदम चाल्ने छ ।
ऐतिहासिक स्थल गाउँ–शहर स्थित काउलेपानी होमस्टेलाई तीन वर्षकै अवधिमा नेपालकै ‘उत्कृष्ट होमस्टे घोषणा’ हुन सफल भएपछि विदेशी पर्यटकको आगमनसमेत वृद्धि हुँदै गएको गाउँलेको भनाई छ ।पर्यटक आगमनमा उल्लेखीय वृद्धि भइरहेको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । ‘काउलेपानीमा प्रायः घरबास कार्यक्रमका बारेमा अध्ययन अवलोकनकर्तासमेत आउन गालेका छन् ।’ विद्यार्थीहरू उल्लेख्य संख्यामा आउने गरेको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । उनले भने ‘काउलेपानीमा नेपालका प्रायः सबै जिल्लाका पर्यटक आउने गरेका छन् ।’ विद्यार्थीहरू पनि उल्लेख्य संख्यामा आउने गरेको उनले जानकारी दिए । यहाँ आउने पाहुनालाई सकेसम्म स्थानीय गाउँमै उत्पादन भएका अर्गानिक परिकार खुवाउने गरिएको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए ।
काउलेपानी बेसीशहरबाट जिपमा आधा घण्टाको यात्रामा पुग्न सकिन्छ भने पैदल हिड्नेका लागि यहाँबाट एक घण्टाको यात्रा पुग्न सकिन्छ । दिउँसो २ बजेको समयमा एउटा ठूलो बस समेत सो गाउँमा जाने गरेको छ ।
Related News
सम्बन्धित समाचार
नीति कार्यक्रम सीमित क्षेत्रमा केन्द्रित : सांसद केसी
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
hero news full width
मुख्य समाचार
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०