बागलुङ, २९ चैत । लोक बाजाको रूपमा प्रचलित नौमती बाजा लोपहुदैँ जान थालेपछि संरक्षण गर्न बागलुङमा त्यस्तो बाजा प्रतियोगिता गरिएको छ ।
बागलुङ बजारमा चैत्राष्टमीको अबसर पारेर कालिका भगवती गुठी ब्यबस्थापन समितिद्वारा आयोजित नौमती बाजा प्रतियोगितामा नौ समूहले सहभागिता जनाएकोमा वलेवा बसबसे नौमती बाजा समूह प्रथम भएको छ । त्यस्तै प्रतियोगितामा छरिखोला नौमती बाजा समूह, द्वितीय लामिचौर नौमती बाजा समूह र तृतीय र बागलुङ–काठमाण्डौ नौमती बाजा समूहले सान्त्वना स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, द्वितीय हुनेलाई ३१ हजार, तृतीय हुनेलाई १९ हजार, सानत्वना हुने समूहलाई नौ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । नौमती बाजा मानिसका बिवाह, ब्रतबन्धदेखि नेपालीहरूको हरेक शुभकार्यमा बजाइने गरिन्छ ।
विशेष गरेर परियार जातीले परापुर्व कालदेखि बजाउँदै आएको नौमती बाजा बजाउने युवा जनशक्ति रोजगारीको लागि बिदेशीन थालेपछि नेपाली मौलिक लोक संस्कृतिको रुपमा परिचित बाजा लोप हुदै जान थालेको कालिका भगवती गुठी ब्यबस्थापन समितिले जानकारी दिएको छ । यस्ता प्रतियोगिताले केही मात्रामा नौमती बाजा समूहलाई केही मात्रामा भएपनि हौसला थप्ने नेपाल परियार संघका अध्यक्ष सुजन परियारले बताए ।
Related News
सम्बन्धित समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
रेशम चौधरीसहित ५०१ लाई आम माफी
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०