हेमजा, २८ चैत। १० औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलुको कारोबारमा वृद्धि भएको छ। हेमजामा जारी महोत्सवमा आएका दर्शकमध्ये विहीवारमात्रै २ सय ५० जनाले आलु खरिद गरेको झाँकी तथा खरिदबिक्री उपसमिति संयोजक जयराम तिम्सिनाले बताए। उनका अनुसार हालसम्म १ हजार बढी दर्शकले आलु खरिद गरेका छन्। न्यूनतम ५ केजीसम्म आलु किन्न सकिनेमा सबैभन्दा बढी मुस्ताङका तेञ्जिङ गुरुङले ७ सय ५० किलो आलु किने। खरिदका लागि कास्कीसहित स्याङ्जा, रुपन्देही, काठमाडौं, मुस्ताङ लगायतबाट मानिस महोत्सवस्थल आएको आयोजक विष्णुपादुका क्लबले जनाएको छ।
हेमजाको आलु राम्रो हुने भन्दै ग्राहक आलु खरिदमा आकर्षित बनेका हुन्।
महोत्सवमा हालसम्म १४ लाख ५० हजार बराबरको आलुको कारोबार भएको छ भने ३० हजार दर्शक महोत्सव हेर्न आएको स्वयंसेवक परिचालन उपसमिति संयोजक राजेन्द्र थापा (गौरव) ले बताए।
बिहीबार लोकदोहोरीतर्फ प्रजापति पराजुली, राजु परियार, नीशा पोखरेल, राजन कार्की, ज्ञानेश्वर सुवेदी, सरिता सारुमगर, गंगा त्रिपाठी, स्वस्तीका तिम्सिना तथा हास्यतर्फ राजा राजेन्द्रले प्रस्तुति राखेका थिए। त्यस्तै, रत्यौली प्रतियोगिता र राष्ट्रिय कृषि दोहोरीगीत जारी छ।
शुक्रवार लोकदोहोरीतर्फ पशुपति शर्मा, सुरेन्द्र गुरुङ, जगत गौडेल, जीवन दाहाल, सीता परियार, बसन्ती थापा र परशुराम अधिकारी, हास्यतर्फ यमन माडसाब र बटारेका प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक सूर्यबहादुर कुँवरले बताए।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९