यू–१९ विश्वकप छनोट आजदेखि

छनोट हुने नेपालको लक्ष्य

रासस
चैत्र २९, २०७५
images_cms-image-000072186

काठमाडौँ, २९ चैत । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता शुक्रवारदेखि मलेशियामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका छ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ ।
छनोटमा नेपालसहित मलेशिया, संयुक्त अरब इमिरेट्स (युएई), सिङ्गापुर, कुबेत र ओमान भिड्दैछन् । नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्नेछ ।

नेपालले छनोट खेल्नुअघि भारतको आन्ध्र प्रदेशको यू–१९ क्रिकेट टोलीसँग छ मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेलमा नेपालले चार खेलमा जीत तथा दुई खलमा हार ब्यहोरेको थियो । राष्ट्रिय टोलीका सदस्य रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका पवन सर्राफ, सन्दीप जोरा र राष्ट्रिय टोलीमा परिसकेका भीम सार्कीलगायत खेलाडी छन् ।

यसपटक नेपाली टोलीमा चार नयाँ खेलाडीले स्थान बनाएका छन् । घरेलु प्रतियोगितामा राम्रो गरिरहेका कुशल मल्ल र हरिबहादुर चौहान, प्रतिश जिसी र अभिषेक बस्नेतले पहिलोपटक यू–१९ टोलीमा स्थान बनाएका हुन् । त्यस्तै यू–१९ टोलीका नियमित सदस्य रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल तथा सूर्य तामाङ नेपाली टोलीमा छन् ।

नेपालको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास रहेका छन् । झण्डै तीन वर्षदेखि विनोदले युवा तथा राष्ट्रिय महिला टोलीको प्रशिक्षणको जिम्मेबारी सम्हाल्दै आएका छन् । नेपाली प्रशिक्षक दासले भारतमा क्याम्पका लागि जानुअघि नेपालको लक्ष्य विश्वकपमा छनोट हुनु रहेको बताएका थिए ।

पहिलोपटक नेपाली यू–१९ टोलीको कप्तानी गर्न लागेका रोहितले नेपाललाई विश्वकपमा छनोट गराउन सके त्यो क्षण आफ्ना लागि उत्कृष्ट हुने बताएका छन् । सन् १९९८ देखि शुरु भएको यू–१९ विश्वकपमा हालसम्म नेपालले सात पटक खेलेको छ । सन् २००० मा श्रीलङ्कामा भएको यू–१९ विश्वकपमा नेपालको पहिलो सहभागिता थियो । नेपालले त्यसपछि सन् २००० देखि २००८ सम्म लगातार पाँच पटक तथा सन् २०१२ र २०१६ मा यू–१९ विश्वकप खेलेको थियो ।

नेपालले आगामी सोमबार मलेशियासँग खेल्नेछ । नेपाल मलेशियासँग अहिलेसम्म पराजित भएको छैन । तर मलेशियाले पछिल्लो समय यू–१९ क्रिकेटमा भने राम्रो सुधार गरेको छ । नेपालले मङ्गलबार ओमान र विहीबार कुवेतसँग खेल्दै यस प्रतियोगिता सकाउनेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width