पोखरा, २८ चैत । सानै उमेदेखि दयालु स्वभाव थियो उनको, अरुको दुःख देख्न नसक्ने, बाल्यकालदेखि नै वृद्ववृद्वासँग घुलमिल हुन रुचाउने २३ बर्षीया कृति श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर कास्कीको धिताल स्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा रकम सहयोग गरेकी छन् ।
पोखरा–६ जरेवर स्थित ठाडोपसल निवासी २३ बर्षीया कृतिलाई आफ्ना बावुआमा र चाडपर्वमा दिएको दक्षिणा र फुरमास गर्न दिएको पैसा बर्षभरी संकलन गर्छिन र आफ्नो जन्मदिनमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्ने गर्छिन् । कृतिले आफ्नो जन्मदिन पारेर यही फागुन २७ गते कास्की माछापुच्छे« गाउँपालिका–३ धिताल स्थित कैलाश टेप्सुओ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई २५ हजार रुपैयाँ प्रदान गरेकी छन् ।
कृतिका सहयोगी हात यस बर्ष २७ जना दलित सहित ३५ विद्यार्थी अध्ययनरत् धितालको कैलाश टेप्सुओ आधारभूत विद्यार्थीमा पुगेको छ । सरकारले आर्थिक समृद्धिको नारा अगाडि सारेपनि अझैपनि शहर नजिकैका गाउँका सामुदायिक विद्यालयमा समेत अध्ययन गर्न सक्ने र त्यहाँ सम्म पुग्ने सक्ने अवस्थामा विद्यार्थी छैनन् ।
काठमाण्डौंको केसीएम कलेजबाट विविए र थाइल्याण्डबाट स्नातक गरेकी कृतिको वाल्यकालदेखि देखी नै सहयोग गर्ने भावनाकी थिइन् । वि.स. २०७२ वैशाख १२ गतको शक्तिशाली भूकम्पबाट घाइतेभई ललितपुरको पाटन अस्पतालमा उपचार गर्दै गरेका घाइतेको स्याहार शुसारमा पनि उनी केही दिन जुटेकी थिइन् ।
अघिल्लो बर्ष कृतिकै आमा उर्मिलाले उक्त विद्यालयका विद्यार्थीलाई एक वर्षको खाजा खर्च वापतको पैसा प्रदान गरेकी थिइन् । उर्मिलाले उक्त विद्यालयका विद्यार्थीहरुलाई आवश्यक स्टेशनरी र खेलकूदका सामाग्रि खरिद गर्नका लागि ३७ हजार रुपैयाँ सहयोग प्रदान गरेकी थिइन् । उर्मिला लायन्स क्लव अफ पोखरा समर्पणको भूपू अध्यक्ष समेत हुन् ।
कास्कीको एक गाउँको स्कुलमा अध्ययनरत गरीब विद्यार्थीका लागि खाजा जुटाउन सहयोगी हात फिँजाएको त्यो परिवारवाट आर्थिक अवस्था बलियो भएका व्यक्तिहरुले पाठ सिक्न जरुरी छ । त्यो परिवारले उत्तः विद्यालयमा मात्र हैन अन्य धेरै ठाँउमा सहयोग गरेको छ तर उनीहरु प्रचारकै लागि यस अघि मिडियामा आउन चाहेनन् ।
धेरथोर रकम सहयोग गर्दै आएकी उर्मिलाले भनिन् एक वर्ष अघि घुम्दै जाँदा विद्यालयमा पढ्न विद्यार्थी, विद्यालयको भौतिक संरचना भत्कनै लागेको देखेपछि उक्त विद्यालयका विद्यार्थीलाई केही मात्रामा भएपनि सहयोग गर्ने निर्णय गरे, उर्मिलाले भनिन् – उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि प्रत्येक बर्ष निरन्तर सहयोग गर्ने छु, । आउदो भदौ महिनामा उनले पुन केही थप रकम सहयोग गर्ने प्रतिवद्वता समेत व्यक्त गरेकी छन् ।
उक्त विद्यालयकी प्रअ चुनमाया गौतमले विद्यालयमा अध्ययनरत विद्यार्थी अधिकाशं दलित समुदायका र त्यो पनि आर्थिक अवस्था अत्यन्तै नाजुक भएका परिवारका छन्, उनीहरुका अभिभावकलाई छोराछोरी पढाउनु पर्छ भन्ने भावनाको विकास गर्दै विद्यार्थी स्कुलसम्म ल्याउने वातावरण वनाएको वताइन् ।
विद्यालयको भवन पनि वि.स. २०७२ सालको भूकम्पले जीण र भत्कने अवस्थामा छ, विद्यार्थीलाइृ स्कुलमा नै खाजा र स्टेशनरी दिएर बोलाउनु पर्ने अवस्था छ, खाजाको लागि उर्मिलाको परिवारले सहयोग गरेको छ, प्रअ गौतमले भनिन्– विद्यालय भवन निर्माण गरी विद्यार्थीलाई सुरक्षित स्थानमा पढाउने मेरो चाहना छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
hero news full width
मुख्य समाचार
रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०बजेटको सिद्धान्त र प्राथमिकता : अधुरा योजना पूरा गर्ने बजेट ल्याउँदै गण्डकी सरकार
जेठ १२, २०८०सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
जेठ १२, २०८०