बुटवल, २७ चैत। जातीय छुवाछूत अन्त्यका लागि महाकाली मेची पैदलयात्रामा रहेको टोलीलाई मंगलबार बुटवलमा भव्य स्वागत गरिएको छ।
चैत ३ मा सुदूरपश्चिम महाकाली दोधारा चाँदनीबाट पैदल यात्रामा निस्केको होमराज आचार्य, अशोक दर्नाल र रीता परियारलाई बुटवलमा पञ्चेबाजा सहित स्वागत गरिएको हो। पूर्व सभासद् विनोद पहाडीसहित नेताहरुले पैदल आएका अभियन्तालाई स्वागत गर्दै र्यालीसहित बजार परिक्रमा गराएका हुन्।
बुटवल उपमहानगरपालिका सहित रेडियो जागरण, परियार सेवा समाज, सृजनशील सहयात्री सार्की समाज, बुटवल सुनचाँदी व्यवसायी संघ, दलित महिला संघ र विश्वकर्मा महिला समाजले संयुक्त रुपमा पैदल यात्रीहरुलाई स्वागत गरिएको थियो।
बुटवल उपमहानगरको हलमा पुगेर विभेद तथा छुवाछूत अन्त्यका लागि प्रतिबद्धता सभामा परिणत कार्यक्रममा सहभागी जनप्रतिनिधिले छुवाछूतलाई व्यवहारमै अन्त्य गर्ने प्रण गरे। बुटवल नगरप्रमुख शिवराज सुवेदीले छुवाछूत सामाजिक अपराध भएकाले यसको अन्त्य गर्ने दायित्व सबैको भएको बताए। उनले छुवाछूत सामन्तवादी कुरीति भएकाले राजनितिक रुपमा त्यसको अन्त्य भए पनि व्यवहारिक सामन्तवाद अन्त्य गर्न बाँकी रहेको बताए।
‘आदतका रुपमा छुवाछूतको सामन्तवाद देखिएको छ, अब यसलाई निर्मम ढंगले हेर्नुपर्छ, ’ उनले भने। उनले बुटवल उपमहानगरलाई छुवाछूतमुक्त नगरका रुपमा पहिल्यै घोषणा भएको बताउँदै अब सबैखालका भेदभाव अन्त्यका लागि आचारसंहिता बनाएकाले त्यो कार्यान्वयन नगरे दण्डित गरिने बताए। ३५ वर्षअघि आफू शिक्षक भएका बेला दलित समुदायका विद्यार्थीलाई सरस्वती पूजामा खिर पकाउन लगाए वापत जागिरबाट निस्कनुपरेको उदाहरण दिँदै नगरप्रमुख सुवेदीले दलित समुदायलाई विभेदबाट मुक्त बनाउँदै आर्थिक रुपमा सवल बनाउने योजना ल्याउने प्रतिबद्धता जनाए।
पूर्व सांसद विनोद पहाडीले २०५८ सालमै बुटवललाई छुवाछूतमुक्त नगर घोषणा गरेर जातीय भेदभावको बारेमा निगरानी समेत गर्ने गरेको उदाहरण दिदै जातीय छुवाछूत अन्त्यका लागि अब थप नमूना काम गर्ने बेला आएको बताए। उनले विश्व चन्द्रमामा पुग्दा नेपालमा छुवाछूत अन्त्यको माग गर्दै सडकमा पैदलयात्रा गर्नुपरेको भन्दै यसको अन्त्य व्यवहारमै गर्न जिम्मेवार बन्नुपर्ने बताए।
कानूनीरुपमा २०२० सालमै छुवाछूत अन्त्य गरिए पनि व्यवहारमा भने गणतन्त्र प्राप्त हुँदा पनि अन्त्य हुन सकेको छैन। यही समाजको कलंकको रुपमा रहेको छुवाछूत सबैको साझा मुद्दा बन्नुपर्ने र गैरदलित पनि सामेल हुनुपर्छ भन्ने सन्देश सहित पैदलयात्रामा निस्केको अभियान्ता होमराज आचार्यले बताए। व्यक्तिगत स्वार्थ त्यागेर नितान्त बषोर्देखि पिडामा बाँचेका दलित समुदायलाई उत्प्रेरेण दिनका लागि सुदुरपश्चिमबाट पैदलयात्रा तय भएको अर्का अभियान्ता रीता परियारले बताइन्।
चौबीसौं दिनमा हिडेर बुटवल आएको टोली देवदह, सुनवल, बर्दघाट चितवन हुँदै झापा पुगेर पैदलयात्राको विट मार्ने अभियन्ता अशोक दर्नालले बताए। उनका अनुसार पैदलयात्राक्रममा जातीय छुवाछूतको मारमा परेका, यसको जिम्मेवार निकाय र नागरिक समाज तथा दलित आन्दोलनका अगुवाहरुसँग भेटघाट गर्दै अघि बढेको छ।
Related News
सम्बन्धित समाचार
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
प्रमुख सचिवलाई अब प्रदेश र स्थानीय तहका कर्मचारीको असाधारण बिदा स्वीकृत गर्ने अधिकार
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०