पोखरा, २७ चैत । नयाँ वर्ष २०७६ नेपालीका घरआँगनमा भित्रँदै छ । नयाँबर्षसँगै परेको चैते दशैँ समेतको प्रभाव यतिबेला पोखरा र मुस्ताङमा परेको छ । विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकको कारण पोखरा र मुस्ताङमा चहलपहल बढेको छ ।
नयाँ शैक्षिक शत्रको स्कुलमा छुट्टी, नयाँ बर्ष र चैते दशै एकै समयमा पर्दा घुम्न आउने आन्तरिक पर्यटकलाई फुर्सद मिलेको छ । दुई÷चार दिन बिदा समय मिलाएर पोखरा घुम्नकै लागि देशका विभिन्न भू–भागबाट आन्तरिक पर्यटक आउने गरेको पर्यटन व्यवसायी धर्मराज पन्थी बताउछन् ।
नयाँ वर्षलाई लक्षित गरी होटल अग्रिम बुकिङ गर्ने क्रम पनि शुरु भएको छ, पोखरा हुँदै हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथलाई लक्षित गरी जाने पर्यटक वढेका छन्,चैते दशैँ शुरुसँगै मुक्तिनाथ मन्दिरमा दैनिक झण्डै चार पाँच हजारको हाराहारीमा दर्शनार्थी पुग्ने गरेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए ।
दर्शनार्थीको चापसँगै यहाँका होटेल भरिभराउ भएको मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङले जानकारी दिए । “यतिखेर दैनिक झण्डै एक हजारदेखि एक हजार ५०० को संख्यामा दर्शनार्थी मुक्तिनाथमा आउने गरेका छन् । “धार्मिक पर्यटकका साथै अन्य पर्यटकको पनि चाप वढेको छ ।” मुस्ताङ पुग्ने पर्यटकमध्ये कतिपय मुक्तिनाथ मात्र पुगेर फर्कन्छन् भने कतिपय उपल्लो मुस्ताङ लोमन्थाङ हुँदै नेपाल–चीनबीचको नाका कोराला पुगेर फर्कन्छन् ।
पछिल्ला दिनमा स्थलमार्ग हुँदै दैनिक १५० बढी गाडी मुक्तिनाथ भित्रने गरेको अस्थायी ट्राफिक प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक विष्णु पल्ली मगरले जानकारी दिए । आन्तरिक पर्यटकका कारण जोमसोमका होटेलमा पर्यटक भरिए पछि त्यहाँ नजिकैको थकाली सामुदायिक घरवास, ठिनीमा पनि चहलपहल बढेको घरवासकी सचिव जुमा थकालीले जानकारी दिइन् ।
पोखरामा नयाँ वर्षका क्रममा आउने पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटेल सङ्घले फेवा नयाँ वर्ष महोत्सव गर्दै आएको छ । महोत्सव समेतका कारणले पनि यस समयमा यहाँको पर्यटकीय गतिविधि बढ्ने गरेको छ । फेवा नव वर्ष महोत्सवको १६औँ श्रृङ्खला यस वर्ष पनि यही चैत २९ गतेबाट वैशाख १ गतेसम्म हुने सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
तालैतालको शहर पोखरामा पर्यटक लक्षित दुई पाँचतारे होटेल छन् भने १४ तीनतारे होटेल छन् । पोखरामा अन्य सुविधा सम्पन्न होटलको सङ्ख्या झण्डै ६०० को संख्यामा छ । पोखरामा सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले यहाँको पर्यटकीय गतिविधि बढेकोमा सन् १९८० को दशकदेखि यहाँको पर्यटनले गति लिएको हो ।
फेवातालका साथै यहाँका सराङकोट, विश्वशान्ति स्तूप, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, सेती नदी र पातले छाँगो आदिले पर्यटक लोभ्याउने गरेका छन् । यी स्थलका साथै लेखनाथ क्षेत्रका वेगनास, रूपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता ताल पनि यहाँका महत्वपूर्ण स्थल हुन् । पछिल्ला समयमा पोखरा आसपासका विभिन्न स्थानमा पर्यटकको बसाइ लम्ब्याउने गरी पूर्वाधार निर्माण गरिएको छ ।
–वासुदेव पौडेल र निरज थकाली
Related News
सम्बन्धित समाचार
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
जेठ २३, २०८०