सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुईको मृत्यु

रासस
चैत्र २७, २०७५
maxresdefault

बाँके, २७ चैत । बाँकेको कोहलपुरमा शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा मंगलवार राति दुई मजदुरको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–११ पिपल चौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका–६ रझेना निवासी ५० वर्षीय कुमार थारू र चेतराम थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

शौचालयको सेफ्टीट्याङ्की सफा गर्न भित्र छिरेका बेला निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक सिंहले बताए । शौचालयको सेफ्टीट्याङ्की फोडेर गए राति नै दुवैको शव निकालिएको छ । मृतकको शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीका सबै पालिकामा कानुन अधिकृत खटाइने

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारले सबै पालिकामा कानुन अधिकृत खटाउने भएको छ । न्याय सम्पादन र कानुन निर्माणमा अन्योल बढेपछि…
  • सिमलताल पहिरोः थप ३ शव फेला

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    नवलपरासी । चितवनको सिमलतालमा पहिरोमा परि बेपत्ता यात्रुमध्ये बिहीबार राति र शुक्रबार गरी थप ३ जनाको शव फेला परेको छ…
  • जनप्रकाशमा विद्यार्थीको सम्मान र बिदाइ

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । जनप्रकाश बहुमुखी क्याम्पस, भण्डारढिकमा विद्यार्थीको सम्मान एवं पुरस्कार वितरण कार्यक्रम भएको छ । विद्यार्थी कल्याणकारी क्लब एवं क्याम्पस…
  • पृथ्वीराजमार्ग सडकमा मनसुनभरि काम बन्द

    आदर्श समाज सम्वाददाता श्रावण ३, २०८१
    तनहुँ, ३ साउन । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने भएको छ । मनसुन अवधिभरि कालोपत्र तथा…
  • साढे ४१ करोड लागतमा पोखरा विश्वविद्यालयकाे नयाँ शैक्षिक भवन बन्ने

    आदर्श समाज सम्वाददाता श्रावण ३, २०८१
    पोखरा । पोखरा विश्वविद्यालयले नयाँ शैक्षिक भवन निर्माणका लागि सम्झौता गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालयको उपस्थितिमा उक्त…

hero news full width