गलेश्वर, २७ चैत । माया पिरती र अध्ययन/रोजगारीको लागि व्यस्त रहनुपर्ने २२ वर्षीया एक युवती मृत्युसँग जुधिरहेकी छन् ।
फोक्सोमा पानी जमेर पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएकी सन्तु पोखरेल अस्पतालको श्ययाबाट बलिन्धारा आँशु निकाल्दै आफूलाई बचाउन मनकारी व्यक्ति र अदृश्य शक्तिसँग पुकारा गरिरहेकी छन् ।
म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराकी सन्तु अहिले जीवनमरणको दोसाँधमा अस्पतालको श्ययामा छट्पटाइरहेकी छन् । दुई वर्षअघि मुटुमा प्वाल परेर शल्यक्रिया गरेपछि केही समय हाँस्दै, मुस्कुराउँदै भविष्यको सपना देखेकी यी युवतीको अहिले फोक्सोमा पानी जमेका कारण सबै सपना भताभुङ्ग भएका छन् । उपचारका लागि लाग्ने खर्चको अभावका कारण मर्ने बाँच्ने टुङ्गो नभएकी सन्तु अस्पतालको श्ययाबाट आफूलाई बचाउन याचना गरिरहेकी हुन् ।
सन्तुका बुबा सूर्य र आमा जमुना छोरीको उपचारका लागि पैसा नभएपछि आफूहरुलाई नै धिक्कार्दै परोपकारी सङ्घसंस्था र दाताहरुलाई गुहारी रहेका छन् । चार छोरी र एक छोराको पालनपोषण, शिक्षादिक्षा र छोरी सन्तुको उपचार गर्दा भएको सबै सम्पत्ति रित्याएका सूर्य पोखरेल अब छोरीको उपचारका लागि खर्च गर्न एक पैसा नभएको बताउछिन् ।
छोरीको थप उपचारका लागि जहाजबाट काठमाडौँ लैजानुपर्ने चिकित्सकले बताएका छन– सूर्यले रुन्चे स्वरमा भने । “गाडीबाट लैजान सक्ने अवस्था छैन, काठमाडौँ पु¥याउने हो भने बचाउन सकिएला” सन्तुको उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्दै सूर्यले भने “साथमा रु १०० पनि छैन, कहाँबाट छोरीलाई जहाजमार्फत काठमाडौँ लैजाऊँ ।”
अहिले सन्तुलाई अस्पतालको सघन उपचारकक्षमा राखिएको र दैनिक रु १० हजार औषधि र अन्य चार्जको रुपमा खर्च हुने गरेको उनले बताए । गाउँमा बचेको अलिकति जग्गा र बास बस्ने घर बैंकमा धितो राखेर आएको पैसाले यतिञ्जेलसम्म छोरीको उपचार गराइएको बताए । उनले सक्दो सहयोग गरेर आफ्नी छोरीको जीवनरक्षा गरिदिन मनकारी व्यक्ति र सङ्घसंस्थासँग आग्रह गरेका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
पोखराबाट कांग्रेस नेतृत्वलाई खबरदारी : पार्टीको चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान
hero news full width
मुख्य समाचार
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०ओलम्पियनहरु पोखरामा भेला
जेठ २०, २०८०मध्यपहाडी लोकमार्ग : याम्दी–हरिचोक खण्डमा धुलो हिलोको सास्ती
जेठ २०, २०८०