डोटी, २६ चैत । जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्कअनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै (पहिचान भएका) ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो ।
सङ्क्रमितमध्ये महिलाको सङ्ख्या ५७० रहेको छ भने ३६० पुरुष रहेका छन् । त्यस्तै पचास बालबालिका एचआइभी सङ्क्रमण रहेको पाइएको छ । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधि उपचार गराउन आउनेको मात्रै भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक भुषण मिश्रले बताए । अस्पतालको सम्पर्कमा नआउनेलाई गणना गर्दा यो सङ्ख्यामा वृद्धि हुनसक्ने उनको अनुमान छ ।
जनचेतनाको अभाव, भेद्भाव र लाञ्छनाका कारण एचआइभी सङ्क्रमितहरू चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान चिकित्सक मिश्रको छ । उनका अनुसार अपहेलना हुनसक्ने भएकाले यहाँका एचआइभी सङ्क्रमित महिला खासै खुलेर भन्न सक्दैनन् र उपचार गराउन आउँदैनन् ।
जिल्ला अस्पतालमा एचआइभी सङ्क्रमितका लागि सञ्चालनमा रहेको औषधि वितरण अर्थात् एआरटी शाखा तथा परामर्श शाखामा अहिले कम्तीमा पनि ५१८ जना नियमित सम्पर्कमा रहेको तथा औषधि सेवन गरिरहेको सो शाखाका काउन्सिलर केपी रेग्मीले बताए । उनका अनुसार चालू आर्थिक वर्षको साउन महीनादेखि अहिलेसम्ममा मात्रै नयाँ बिरामी ११ जना थपिएका छन् भने विगत १०÷१५ वर्ष अगाडिदेखि पनि एचआइभी सङ्क्रमितले जिल्ला अस्पतालको नियमित सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका छन् ।
कामका लागि भारत गएका श्रीमाने त्यहाँ गर्ने असुरक्षित यौन सम्पर्कबाट आफूलाई पनि एचाइभीको सङ्क्रमणमा पार्ने र पछि घरमा आई श्रीमतीलाई सार्ने गरेको एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको भनाइ छ । समग्र सुदूरपश्चिम प्रदेशमा ६ हजार ७२४ जनामा एचआइभी सङ्क्रमण रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायल राजपुरका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए । उनका अनुसार हालसम्म सुदूरपश्चिमभरिमा तीन हजार ७६ ले एआरटी सेवन गरिरहेका छन् ।
“आर्थिक वर्ष २०७४÷७५ सम्मको तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा ६७६ जनाले एचआइभी÷एड्सका कारण ज्यान गुमाइसकेका छन् । जनस्वास्थ्य अधिकृत मलासीले भने “यो प्रदेशमा गएको आर्थिक वर्षमा मात्रै २४७ जना नयाँ सङ्क्रमित देखिएका छन्, बर्सेनी एचआइभी रोगी बढिरहेका छन् ।”
Related News
सम्बन्धित समाचार
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
hero news full width
मुख्य समाचार
भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
पोखराबाट कांग्रेस नेतृत्वलाई खबरदारी : पार्टीको चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान
जेठ २०, २०८०ओलम्पियनहरु पोखरामा भेला
जेठ २०, २०८०मध्यपहाडी लोकमार्ग : याम्दी–हरिचोक खण्डमा धुलो हिलोको सास्ती
जेठ २०, २०८०एमालेको संगठन विभागबाट खगराज बाहिरिए, पिएसको जिम्मेवारी फेरियो
जेठ १९, २०८०चिप्लेढुंगाका फलफूल व्यवसायी न्यौपाने दम्पतिको निधन
जेठ १९, २०८०