पोखरा, २५ चैत। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा महेश आचार्यले आफ्नै कारण वर्तमान सरकार असफल हुने बताएका छन्।
‘सरकारले संविधानको मर्म र भावना भत्काएको छ, विधिको शासनमा उभिएको छैन, ’ नेपाली काँग्रेस कास्कीले पोखरामा सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले भने, ‘सरकार आफ्नै कारणले असफल हुनेछ। ’
उनले विपक्षी दलको नेताको उपस्थितिबिना महत्वपूर्ण निर्णय गरेको भन्दै त्यसको आलोचना गरे। राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सकारात्मक सन्देश दिन विपक्षी दलको नेतालाई सँगै लिएर हिड्नु पर्नेमा महत्वपूर्ण निर्णय समेत अनुपस्थितिमा गरिनु निन्दनीय भएको उनको भनाइ थियो। पूर्व अर्थमन्त्री समेत रहेका आचार्यले सरकारले समृद्विका लागि नभई भ्रष्टाचारी बचाउन र बलात्कारी लुकाउनमा तल्लिन रहेको बताए।
नेता आचार्यले पार्टीभित्रको महत्वपूर्ण विषयलाई गुटगत प्रवृत्तिबाट हेरिने गरेको भन्दै चिन्ता व्यक्त गरे।
पार्टीभित्रका विषय गुटको दृष्टिबाट मात्र हेरिँदा छलफल र परामर्शको संस्कृति हराउँदै गएको उनको भनाइ छ। अर्का केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले काँग्रेस नछाड्ने तर सहयोग नगर्ने र भोट पनि नहाल्नेहरुका कारण पार्टीभित्र समस्या भैरहेको उल्लेख गरे।
उनले यसपटकको निर्वाचनमा हार्दैमा निराश हुनु नपर्ने भन्दै पार्टीको आन्तरिक व्यवस्थापन र कार्यकर्ताको भावनालाई सम्बोधन गरी अघि बढ्न आवश्यक रहेको औल्याए।
अनुशासन समिति सदस्य समेत रहेका कँडेलले निर्वाचनमा बागी र स्वतन्त्र उम्मेद्वारको प्रस्तावक र समर्थकको नामावली संकलन भैरहेको जानकारी दिए। उनले समितिले निष्पक्ष र पूर्वग्रहरहित भएर काम गर्ने दृढता व्यक्त गरे।
नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुदीपमोहन भट्टराईले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
हिन्दु राष्ट्र पुनस्र्थापना आवश्यक : लिङ्देन
कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि
अन्नपूर्णमा एमाले प्रशिक्षण
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९