आलुको मालामा सजिएका अतिथिको साथमा आयोजक। तस्वीरः श्रीभद्र पौडेल/आदर्श समाज
हेमजा, २५ चैत। १० औं राष्ट्रिय हेमजा आलु महोत्सवमा सोमवारसम्म आठ लाख रुपैयाँ बराबरको आलुको कारोबार भएको छ। महोत्सवमा प्रतिकेजी ३२ रुपैयाँका दरले आलुको कारोबार भइरहेकोले कारोबार बढेको हो।
महोत्सव मध्यतिर आइरहँदा दर्शक सहभागिता पनि बढ्दै झाँकी र्याली व्यवस्थापन समिति संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए।
हेमजास्थित विष्णुपादुका क्लबको आयोजनामा शुक्रवारदेखि शुरु महोत्सवमा पहिलो दुई दिन वर्षाका कारण दर्शक कम भए पनि त्यसयता दर्शक संख्या ह्वात्तै बढेको छ। सोमवारसम्म कुल १५ हजार दर्शकले महोत्सव अवलोकन गरेको स्वयम् सेवक परिचालन उपसमितिका संयोजक राजेन्द्र थापा (गौरव) ले जानकारी दिए।
सोमबार प्रमुख अतिथि गण्डकी प्रदेश सांसद रामजी बरालले कृषि पेशालाई मर्यादित बनाउनुपर्नेमा जोड दिए। आलु महोत्सव हेमजाको मात्र नभएर राष्ट्रकै भएको उनको भनाइ थियो।
गण्डकी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरद्रचन्द्र श्रेष्ठले हेमजालाई नमुना कृषि गाउँ बनाउनुपर्ने तर्क गर्दै त्यसका लागि तयार रहन हेमजावासीलाई आग्रह गरे। उनले सामूहिक र व्यावसायिक खेती प्रणाली गर्न आग्रह पनि गरेका थिए।
त्यस अवसरमा कृषि विज्ञ वीरेन्द्रबहादुर हमाल, सम्मानित किसान पार्वती बानियाँ लगायतले पनि भनाइ राखेका थिए।
कार्यक्रमबीच गण्डकी प्रदेश स्तरीय कृषि प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल कुल एक सय ५० जना कृषकलाई सम्मान गरिएको थियो। सोमबार कलाकार प्रकाश सपूत, जीवन दाहाल, सुरेशरमण अधिकारी, रामजी पौडेल, मञ्जु विक, माया गुरुङ, अञ्जु रामदाम, सन्तोष सुवेदी लगायतको प्रस्तुति रहेको थियो। रत्यौली प्रतियोगिता तथा राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिताले निरन्तरता पाएको सांस्कतिक उपसमिति संयोजक सुर्यबहादुर कुँवरले जानकारी दिए।
महोत्सवमा मंगलवार लोकदोहोरीतर्फ सम्झना भण्डारी, पार्वती जिसी, शंकरविरही गुरुङ, कृष्ण सुवेदी र दुर्गा क्षत्री, हास्यतर्फ भद्रगोल टेलीफिल्मका पाँडे र जिग्री साथै अर्जुन घिमिरे र कुमार कट्टेलको प्रस्तुति रहने आयोजक विष्णुपादुका क्लबले जनाएको छ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो। कृषि विकास निर्देशनालय प्रमुख विमल थापा क्षत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रम महोत्सव मूल आयोजत समिति महासचिव बसन्तकुमार श्रेष्ठ संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
आलु महोत्सव लक्षित सरसफाइ
वित्तीय साक्षरता मार्गदर्शन जारी
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
सहकारी सुशासनमा जोड
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९