स्पाइरल ग्यालेक्सीको १६ औं वार्षिकोत्सव

बोलकुमारी राना, विद्यार्थी पत्रकार
चैत्र २६, २०७५
Sprial galaxy school_Fotor

पोखरा, २५ चैत। पोखरा–१, सिम्पानीस्थित स्पाइरल ग्यालेक्सी एकेडेमी सेकेण्डरी स्कूलको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ।

त्यस अवसरमा विभिन्न विधासहित शैक्षिक तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले निजी विद्यालयले शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेलेकाले प्रदेश सरकारले उपयुक्त नीतिसहित सही व्यवस्थापन गर्ने बताइन्।

कार्यक्रममा संस्थापक प्राचार्य नारायणप्रसाद चापागाईं, युवा नेता माधब बास्तोला, हिसानका केन्द्रिय उपाध्यक्ष शेरबहादुर गुरुङ, हिसान कास्की अध्यक्ष रामजी शर्मा, प्याव्सन कास्कीका वरिष्ठ उपाध्यक्ष मथुराप्रसाद पौडेल, अभिभावक माधव पराजुली, क्रिस्टल मन्टेश्वरीकी प्रबन्ध निर्देशक रीना पौडेल, प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल, विद्यार्थी सिजन पौडेल लगायत बोलेका थिए।

कार्यक्रममा विद्यार्थीले गीत, नृत्य, नाटक लगायत प्रस्तुति राखेका थिए।

विद्यालय संचालक डिल्लीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका विष्णु अधिकारीले स्वागत र अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुमन पौडेलले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अक्सफोर्ड स्कुलमा अभिभावक भेला

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा शनिबार अभिभावक भेला भएको छ । कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीका…
  • फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा १६ को समन्वय एवं आर्थिक सहयोगमा ग्रीन भ्याली बहुउद्देशीय सहकारीको आयोजनामा फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ ।…
  • वडामार्फत् भूमि सेवा दिने तयारी

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    हेमजा  । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित पालिकाको वडा तहबाटै भूमि (भू) सेवा उपलब्ध गराउने तयारीका साथ…
  • पोखरा १३ का उपलब्धि : सिपमूलक तालिमसँगै विकास निर्माण

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बराल नेतृत्वको टिमले निर्वाचित भएर आएपछि गरेका काम शनिबार सार्वजनिक गरेको…
  • पोखरा २६: वर्षदिनमा १ सय २९ योजना सम्पन्न

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा २६ का निर्वाचित जनप्रतिनिधिले एक वर्षे कार्यकालको शनिबार समीक्षा गरेका छन् । २०७९ जेठ १३ गते पदस्थापन…

hero news full width