dav
पोखरा, २५ चैत । हिन्दु राष्ट्र घोषणा, नागरिकता वितरण ऐन २०७५ खारेज र राजा सहितको प्रजातन्त्र माग राख्दै धर्नामा बसेका राप्रपाका नेता तथा कार्यकर्तालाई सोमवार दिउसो प्रहरीले गिरफ्तार गरेको छ ।
गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय पोखराको मुलद्वार अगाडि गरिएको धर्नामा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका एक दर्जन वढी नेता तथा कार्यकर्ता गिरफ्तारिमा परेका हुन् ।
राप्रपाको केन्द्रीय कार्यक्रम अनुसार सामेवार कास्की स्थित प्रदेश मुख्य मन्त्रीको कार्यालयमा धर्ना दिन राप्रपाका नेता तथा कार्यकर्ता तयहाँ पुगेका हुन् । मुख्यमनत्रीको कार्यालय अगाडि धर्ना र जुलुस निषेधित क्षेत्र हो ।
प्रहरी गिरफ्तारिमा पर्नेमा राप्रपा प्रदेश अध्यक्ष हेमजंग गुरुङ, उपाध्यक्ष राजेन्द्र बहादुर अधिकारी, प्रदेश सचिव बरुण् बिक्रम राणा, केन्द्रीय सदस्यहरु जयलाल पुन, रोमबहादुर भण्डारी, जिल्ला अध्यक्ष डा.महेन्द्रबहादुर कार्की, प्रदेश सदस्य नारायण गुरुङ, कृष्ण प्रसाद पौडेल, जिल्ला उपाध्यक्ष जगत प्रसाद सुवेदी, जिल्ला सदस्यहरु रामबहादुर तामाङ, विजुली प्रसाद गुरुङ, भोलाजंग सुवेदी, बुद्धिमान दुरा, गणेशबहादुर श्रेष्ठ, घनश्याम गौतम, रमेश त्रिपाठी, लालुप्रसाद अधिकारी, मोहनबहादुर केसी रहेको राप्रपा केन्द्रीय प्रचार विभाग सदस्य सूर्य बास्तोलाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रवीन्द्रमान गुरुङले निषेधित क्षेत्रमा नाराजुलस र धर्ना कार्यक्रम गरेपछि उनीहरुलाई गिरफ्तार गरिएको र सोमवार राति नै ती नेता तथा कार्यकर्तालाई छाड्नका लागि प्रक्रिया सुरु भएको बताए ।
Related News
सम्बन्धित समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
ड्रागन फल्दा किसानमा हर्ष
पोखरामा कृषि एम्बुलेन्स
प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
hero news full width
मुख्य समाचार
‘एक घर एक धारा’ सधैं अपूरा
संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा
श्रावण १९, २०७९गाडी नचलाउने यातायात व्यवसायीको चेतावनी
श्रावण १९, २०७९खल्तीको पैसा हालेर पुस्तकालय बनायौं
श्रावण १८, २०७९गाडी जरिवाना आजदेखि
श्रावण १८, २०७९पहिरोमा एकै परिवारका ५ जनाको मृत्यु
श्रावण १८, २०७९