पोखरा, २५ चैत । पोखरा–२८ माझठानाको रत्न शोभा माविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ पोखरा संगम र लायन्स क्लब अफ पोखरा पिस सिभिकको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याइएको हो । उक्त शिविरवाट उक्त वडा निवासी ८३५ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गरेका हुन् ।
शिविरमा मधुमेह,आँखा, पेट, छाती, मुटु ,नाक , कान, घाँटी, दाँत, नशा तथा मनोरोग लगाएतका रोगको परिक्षण गरिएको थियो । शिविरमा जाँच गर्नेलाई निःशुल्क औषधि वितरण तथा १५० जनालाई निःशुल्क चस्मा वितरण गरिएको लायन दीपक श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य शिविरमा पोखराका विभिन्न अस्पतालका चिकित्सकहरु सुदर्शन सुवेदी, विकल लामिछाने, रामप्रसाद लामिछाने, अञ्जल जिसी, राजेन्द्र नेपाली, लगायतले स्वासथ्य जाँच गरेका थिए । शिविरमा आँखा परिक्षण गर्ने क्रममा मोतीयाबिन्दुको समस्या देखिएका ८ जना बिरामीको निःशुल्क शल्यक्रिया गराइदिने प्रतिबद्धता आयोजक क्लबहरूले गरेका छन् ।
Related News
सम्बन्धित समाचार
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
अन्नपूर्णको नीति कार्यक्रम माथि छलफल
नर्सको मनोबल बढाउन अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
जेठ २६, २०८०कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०