पोखरा, २४ चैत। लायन्स क्लव अफ पिस टाउन पोखराले स्याङ्जाको पुतली नगरपालिका –५ पैवेगौंडेमा बृहत् जनस्वास्थ शिविर गरेको छ। सो शिविरबाट ५ सय जना बिपन्न समुदाय र महिलाहरुले लाभ लिएका छन्। स्वास्थ्य शिविरमा स्त्रीरोग, आखाँ जाच, मधुमेह, थाइराइड तथा हर्मोन रोग तथा रगतमा हुने खराब बोसो टीजी जाँचलगायतका परीक्षण गरिएको थियो।
उक्त शिविरलाई गण्डकी मेडिकल कलेज र री–लाईफ आयुवेर्दा हस्िपटलले प्राबिधिक सहयोग गरेको थियो। शिविरमा तिकित्सक, नर्स र प्राबिधिकहरुको टोलीले स्वास्थ्य परीक्षण, परामर्श, ल्याब परीक्षण र औषधी वितरणसमेत गरेको थियो। डा केशव शर्मा, डा सुन्दरी थापा, डा ओमप्रकाश कलौली, डा दिपक भुषाल, डा कमल शर्मा र डा रोमी तण्डुकार तथा नर्सहरुको टोलीले स्वास्थ्य परीक्षण, परामर्श, ल्याव परीक्षण र औषधी वितरण गरेका थिए।
पुतलीबजार नगरपालिका वडा नं ५ का अध्यक्ष राम रेग्मीले कार्यक्रको उद्घाटन गरेका थिए। उद्घाटन अवसरमा वडाध्यक्ष रेग्मीले स्वास्थ सेवाको सुविधा महंगो हुने भएकोले धेरै ब्यक्तिहरु सेवाबाट बञ्चित रहेकोले लायन्स क्लवले बेलाबेलामा गर्ने यस्ता कार्यक्रमले लाम पुर्याउने बताए।
सो अवसरमा लायन्स क्लवका अध्यक्ष डा बिनिता कोइराला शर्माले स्वास्थ्य मानवको सबैभन्दा ठूलो सम्पत्ति भएकोले हेलचेक्राई गर्न नहुने बतााइन्। उनले भनिन् सामान्य रोग लाग्दा परीक्षण नगर्ने बानीले ठूलो खर्च र कष्ट सहनुपर्ने अवस्था बनाउँछ। कार्यक्रमको संचालन शिवशक्ति युवा क्लवका सचिव दुर्गाबहादुर कार्कीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
तमु कलाकार संघ गण्डकीमा सुरेन्द्र
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९