पोखरा, २४ चैत। गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले पिउने पानी उद्योगको भूमिका महत्वपुर्ण हुने बताएका छन्।
नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेश पोखराको पाँचौ बार्षिक साधारण सभालाई आइतवार सम्बोधन गर्दै थापाले पानीकै कारण मानिसमा ६० प्रतिशत रोग देखा पर्ने भएकाले शुद्ध पिउने पानी आवश्यक पर्ने बताए।
उद्योगी ब्यवसायीले नाफा कमाउने मात्रै नभई उपभोक्ताको अधिकार लाई ख्याल गर्नुपर्ने सुझाब समेत उनले दिए। पानी उद्योगले व्यापारीलाई सस्तो मुल्यमा पानी उपलब्ध गराएको भएपनि उपभोक्ताले त्यसको एक सय प्रतिशत वढी मुल्यमा खरिद गर्नु परेको भन्दै पानीको मुल्य घटाउन माग गरे।
नेपाल बोटल वाटर उद्योग संघका केन्द्रीय उपाध्यक्ष साजनलाल प्रधानले पानी उद्योगप्रतिको सरकारी दृष्टिकोण अझैपनि सकरात्मक हुन नसकेको प्रति चिन्ता व्यक्त गरे। पिउने पानीको मुल्यमा एकरुपता ल्याउन केन्द्रीय स्तरमा छलफल भइरहेको भनई उनको छ।
नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका संयोजक यदुनाथ अधिकारीले गण्डकी प्रदेशमा ५० भन्दा बढि पानी उद्योग रहेको बताउदै संघमा अहिले २७ वटा मात्र पानी उद्योग आवद्ध रहेको जानकरी दिए।
नेपाल खानेपानी सस्थानले वितरण गर्दै आएको पानीमा कोलिर्फम मात्रा अत्याधिक भएको बताए। नेपाल पानीमा आत्म निर्भर भएपनि बार्षिक २० – २५ करोड रुपैयाँ बरावरको विदेशी पिउने पानी नेपाल भित्रने गरेको जानकारी उनले दिए।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी, पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष किसान सुनार, सुजल प्लाष्टिकका सुजल श्रेष्ठ, दि विन्देश्वरी पानी उद्योगका संचालक ऋषिरामसापकोटा, लेखबहादुर प्रधान, प्रेम बहादुर क्षेत्री आफ्ना भनाइृ राखेका थिए।
गण्डकी प्रदेश भित्र पानी उद्योगमा रहेको लगानी एक अर्व ५० करोड रुपैयाँ भएको जानकरी पानी उद्योग कम्पनीहरुले दिएका छन्।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९