पोखरा,२४ चैत । विभिन्न उत्सव, चाडपर्व, शुभकार्य तथा सभासमारोहमा बजाइने नौमती बाजा प्रवद्र्धन गर्ने उद्देश्यले ती बाजाको ठूलो आकारको आकृतिसहित उद्यान निर्माण गरिने भएको छ ।
स्थानीय पर्यटन प्रवद्र्धन समितिको पहलमा कास्की माछापुच्छ«े गाउँपालिका–६ धितालस्थित पोखरी डाँडामा सो उद्यान निर्माण शुरु गरेको समितिका अध्यक्ष सुनिल दाहालले बताए ।
नेपाली मौलिक संस्कृतिको रुपमा रहेको पञ्चेबाजा तथा नौमतीबाजाको प्रचलन केही वर्षयता घट्दै गएपछि यसको प्रवद्र्धन गर्न दमाहा, सनही, नरसिंहा, कर्नाल, ढोलक र ट्याम्केको आकृति सहितको उद्यान निर्माण गर्न लागिएको उनले बताए ।
चालू आर्थिक वर्ष्भित्रमै निर्माण सम्पन्न गर्ने गरी उद्यानको लागि जमीन समथर बनाउने र तामाको स्वरुपमा नौमती बाजाको आकृति निर्माणको काम भइरहेको समितिले जनाएको छ । “संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित रु १५ लाख बजेटबाट सो काम शुरु गरिएको छ”, अध्यक्ष दाहालले भने “नौमती बाजाको प्रयोग अहिले घट्दो छ । नयाँ पुस्ताले बाजा सुन्न त परै जाहोस् देख्न पनि पाएका छैनन् । त्यसैले सार्वजनिकस्थलमा राखेर भए पनि यसको प्रवद्र्धन गर्दै यसलाई पर्यटकीय गन्तव्य बनाउँछौँ”
समितिले करीब २० रोपनी जमीनमा बाजासहितको उद्यान निर्माण गर्न लागेको हो । मर्दी हिमाल पदयात्रामार्गमा पर्ने यो ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । पोखराबाट ४५ मिनेटको दुरीमा पुगिने यस ठाउँबाट अन्नपूर्ण हिमशृङ्खला, पोखरा बजार तथा गाउँपालिकाका विभिन्न वडाको दृश्यावलोकन गर्न सकिन्छ ।
समितिका सचिव सोमनाथ ढुङ्गानाले बाजासहितको उद्यान निर्माणपछि पर्यटकको बसाइँ लम्बाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘पर्यटकका लागि प्रमुख गन्तव्य रहेको यस क्षेत्रमा यस्ता उद्यानको निर्माणले थप आकर्षित र आनन्दित बनाउने विश्वास लिएका छौं’, उनले भने ।
Related News
सम्बन्धित समाचार
चापापानी टोल विकासमा प्रेम
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
सिर्जनशीलमा प्राज्ञिक लेखन र भाषा साहित्य गोष्ठी
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०