पोखरा, २४ चैत । गृहमन्त्री रामबहादुर थापाले नयाँ संविधान कार्यान्वयन भइरहेको बेला शान्ति सुरक्षा र विकास निर्माण कार्यमा विप्लव समूह वाधक बनिरहेको बताएका छन् ।
गृह मन्त्रालयद्वारा आयोजित दुई दिने गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्वोधन गर्दै गृहमन्त्री थापाले विप्लव समूहलाई मूल राजनीतिक धारमा ल्याउन छलफल अगाडि वढिरहेको दाबि गरे ।
सरकारल विप्लव समूहलाई राजनीतिक प्रतिवन्ध लगाएको छैन, उनीहरुका असंवैधानिक र गैरकानूनी गतिविधिमाथि प्रतिवन्ध हो, विप्लव समूह राजनीतिक मूल धारमा आउन चाहेमा सरकारले सदाका लागि सरकारले वाटो खुला राखेको छ, मन्त्री थापाको भनाई थियो ।
पृथकतावादी गतिविधिमा लागेका सीके राउत राजनीतिक मूलधारमा आएका छन्, विप्लव समूहपनि राजनीतिक मूल धारमा आएर शान्तिपूर्ण रुपमा आफ्ना मुद्दाहरु उठाउन सक्छन् उनले भने–सरकारको एक बर्षे अवधिमा देशमा शान्ति सुरक्षा कायम राख्न सफल भएको छ ।
सरकारको एक बर्षे समीक्षा वैठकले पनि शान्ति सुव्यवस्था सफल मानेको छ, सीके राउतसंगको वार्ता सफल हुनु, अपराध नियन्त्रणमा सुरक्षा निकायले खेलेको भूमिका महत्वपूर्ण मानिएको छ, उनले भने – प्राकृतिक विपतवाट हुने क्षतिलाई न्यूनीकरण गर्ने कार्यमा गृहमन्त्रालय सक्रिय हुने नै छ ।
बारा र पर्सामा आएको हावाहुरीबाट धनजनको क्षति व्यहोर्नु प¥यो, यस्ता प्राकृतिक विपद्ले नेपालमा समयसमयमा क्षति पु¥याउदै आएको छ, प्राकृतिक विपद्वाट हुने क्षतिपनि हुने थप क्षतिलाई रोक्ने प्रयासमा गृहमन्त्रालय तयारी अवस्थामा रहन्छ ।
देशलाई समृद्धिको वाटोवाट अगाडि वढाउनकै लागि सरकार लागि परेको छ, केही दिन अघि मात्र लगानी सम्मेलन सकिएको छ, विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न तयार छन् उनीहरुका लागि लगानीमैत्री वातावरण वनाउनु मुख्य दाहित्व सरकारको र त्यसमा पनि शान्ति सुरक्षा महत्वपूर्ण हुन्छ गृहमन्त्री थापाले भने ।
सरकारको एक बर्षे आधार बर्षको लक्ष पुरा भएको छ, आधारभूत संरचना र नीतिगत कानून पास गरेका छौ, संघीयता कार्यान्वयन गर्दै अव देशलाई समृद्धिको दिशामा लानुको विकल्प छैन, विकास निर्माणलाई तीव्रता दिन जरुरी छ, उनले भने– नयाँ वजेट शत्र पनि छिट्टै सुरु हुदै छ, पञ्चवर्षीय योजनाले पनि समृद्धिमा फड्को मार्न सक्ने आधारहरु प्रस्तुत गरेका छ ।
गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागि छन् भने सुरक्षा सचिव र तीनै सुरक्षा प्रमुखको सहभागिता रहेको छ ।
Related News
सम्बन्धित समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
hero news full width
मुख्य समाचार
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०