लमजुङ, २३ चैत। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विविध जाति, भाषा, धर्म संस्कृतियुक्त इन्द्रेणीमय आकर्षक देश भएको बताएका छन्।
१२ औँ राष्ट्रिय बौद्ध सम्मेलन शनिबार वेशीशहरमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। उनले सबैको पहिचानबाट नै नेपालको राष्ट्रियताको जग बलियो हुने बताए।
यतिबेला कार्यान्वयनको चरणमा रहेको समावेशी लोकतन्त्रबाट नै सबै प्रकारका धर्म, जाति तथा सम्प्रदायकको हित र उन्नति हुने उनले उल्लेख गरे। उनले विगतमा धर्मनिरपेक्ष राष्ट्र रहँदा पनि नेपालमा धार्मिक सहिष्णुताले पूर्ण थियो, यतिबेला धर्म निरपेक्ष राष्ट्र भएबाट त्यसमा झनै बल मिलेको बताए।
लमजुङमा पाहुनालाई भगवान्सरह सत्कार गर्ने संस्कृति रहेको बताउँदै १२औँ राष्ट्रिय सम्मेलनले जिल्लाको गरिमा झनै उचो बनाएको बताए। उनले भने, ‘शान्तिसुरक्षा र राष्ट्रियताको पक्षपोषण विकासको पहिलो शर्त हो, त्यसैले पनि भगवान् बुद्धको शान्तिको सन्देश मुलुकको कुनाकुनामा र विश्वभर फैलिन जरुरी छ। ’
राष्ट्रिय विकास परिषद्ले जारी गरेको २५ वर्षे योजनाको लक्ष्य हासिल गर्न गण्डकी प्रदेशले सक्दो सहयोग गरी यस प्रदेशका जनताको वार्षिक आम्दानी १५ हजार डलरको योगदान गर्ने गरी सरकारले नीति र कार्यक्रम ल्याउन लागेको बताए।
सो अवसरमा बौद्धधर्म प्रचारमा योगदान दिने विद्वानलाई २५ हजार नगदका साथ सम्मान गरिएको थियो। धमोर्दय धम्मु पुरस्कारबाट सम्मानित हुनेमा नेपाल बौद्ध समाजका प्राडा बज्रराज शाक्य, धमोर्दय सभा वेशीशहर शाखाका संस्थापक कप्तान रणबहादुर गुरुङ र धमोर्दय सभाकै भोटेओडार शाखाका संस्थापक कप्तान खरजंग गुरुङ छन्।
सो अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको सम्मेलन व्यवस्थापन समिति लमजुङ संयोजक गमप्रसाद गुरुङले जानकारी दिए।
उक्त कार्यक्रममा पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, बौद्ध धर्मावलम्बी लामा खाङस रिम्पोचे, नि.प्रजिअ काजीमान सुनारले शुभकामना व्यक्त गरेका थिए।
धमोर्दय सभा केन्द्रीय अध्यक्ष यज्ञमूर्ति बज्राचार्यको अध्यक्षतामा भएको उदघाटन समारोहमा स्वागत मन्तव्य राख्दै धमोर्दय सभाको केन्द्रीय महासचिव सागरमान बज्राचार्यले कार्यक्रमको औंचित्यमा प्रकाश पारेका थिए।
सो अवसरमा विभिन्न जातिको संस्कृति परम्परा अनुसारका नाच तथा गीत प्रस्तुत गरिएको थियो।
धमोर्दय सभाको केन्द्रीय समितिको आयोजनामा भएको सो सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ।
Related News
सम्बन्धित समाचार
प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा
भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठूल्ठूला एक्सन हुन्छन् : प्रधानमन्त्री दाहाल
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
व्यवस्थित बन्दै बागलुङको पुरानो सदरमुकाम ‘हरिचौर बजार’
व्यास नगरपालिकामा ५६ प्रतिशत योजना सम्पन्न
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
जेठ १३, २०८०