पोखरा, २३ चैत। पोखरा–१७, बिरौटास्थित राममन्दिरमा श्रीमद्भागवत् नवाह विराट ज्ञानमहायज्ञ शुरु भएको छ। उक्त महायज्ञको गलेश्वर आश्रम देवघाटका पीठाधीश स्वामी आत्मानन्द गिरीले शनिबार उद्घाटन गरे।
प्रमुख अतिथिले स्वामी आत्मानन्दले अब सरकारको मुख ताकेरमात्र नबसी र धार्मिक विकास र संरक्षणका लागि नागरिकहरु नै जुटेर काम गर्नुपर्ने बेला आएको बताए।
राम मन्दिरले विभिन्न अनुष्ठानहरु सम्पन्न गर्दै आएको चर्चा गर्दै उनले मन्दिर अध्यक्ष लीलाभक्त यस क्षेत्रकै भीष्मपितामह भएको उल्लेख गरे।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले मन्दिरका योजनाहरुलाई पूरा गर्न सघाउने बताए।
प्रदेश सभा सदस्य कृष्ण थापाले मन्दिरको आफ्नै प्रयासबाट भौतिक संरचनाहरु निर्माण भएकोमा खुसी व्यक्त गरे।
अध्यक्षको आशनबाट श्रीराम मन्दिर सञ्चालक समितिका अध्यक्ष लीलाभक्त आचार्यले दान गर्ने मान्छे कहिल्यै गरीब नहुने र कञ्जुसहरु कहिल्यै धनी नहुने बताए।
कार्यक्रममा प्रमुख वाचक दयानिधि गौतम, पोखरा–१७ का वडा अध्यक्ष तीर्थराज अधिकारी, पोखरा उद्योग वाणिज्य महासंघका महासचिव अर्जुन पोखरेल, विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खराल, रामेश्वर आमा समूहका अध्यक्ष दुर्गा अधिकारीले मन्तव्य राखेका थिए।
महायज्ञ मूल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष रुद्रनाथ बरालको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सचिव पुण्डरीप्रसाद बरालले गरेका थिए।
महायज्ञ उद्घाटन अघि कलश यात्रा गरिएको थियो।
महायज्ञको उद्घाटन समारोहमै अध्यक्ष लीलाभक्त आचार्यले १२ लाख १२ हजार १२ रुपैयाँ दान घोषणा गरे।
यसैगरी गरिमा विकास बैंकले ५१ हजार एक सय ११ र महायज्ञका प्रमुख वाचक दयानिधि गौतमले आफ्नो शिक्षकको तलब अर्पण गर्ने घोषणा गरेका थिए।
महायज्ञ वैशाख १ गतेसम्म चल्ने छ।
Related News
सम्बन्धित समाचार
रास्वपा पोखरा २६ गठन
सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता
मगर संघ बुढीबजारमा रामबहादुर
हेम्जा बोर्डिङमा जुरेस
कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०