पोखरा, २३ चैत। रोग लाग्नु अगावै सचेत बनाउन सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले शनिबार साढे ७ सयको सित्तैमा थाइराइड जाँच गरेको छ। पोखरा सभागृहचोकमा प्रधानकार्यालय रहेको युआरएलको दमौली शाखाले तनहुँको दमौलीका आयोजना गरेको कार्यक्रममा ७ सय ५२ जनाको सित्तैमा थाइराइड तथा रगतमा हुने खराब बोसो टिजी जाँच गरिएको हो।
नयाँ वर्ष अवसरमा आयोजित शिविरमा मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा तारा कोइरालाले गुणस्तरहीन ल्याबका कारण स्वास्थ्य क्षेत्रमा अनेक चुनौती रहेको बताए। अनुहार हेरेर औषधी दिँएर रोग निराकरण नहुने भएकाले अत्याधुनिक ल्याबहरु आवश्यक भएको उनले बताए। डा कोइरालाले भने, ‘समय समयमा स्वास्थ्य जाँच गरी समस्या नभए ढुक्क हुन र भए उचित उपचार गरी लामो जीवन बाच्न सकिन्छ।’
उनले थाइराइड, मधुमेह जस्ता रोगले अनेक समस्या निम्त्याउने भएकाले बेलैमा उपचार गरी असह्य पीडा भोग्नबाट बाच्न र जीवन रक्षा गर्न आग्रह गरे। उनले भने, ‘कोलेस्ट्रोल, ब्लडप्रेसर, धूमपान, मधुमेह चिताका ४ खुट्टा हुन्, खुट्टाहरु हामीले शरीरमा बनायौं भने चाँडै घाट नै पुगिन्छ।’
सांसद कृष्णबहादुर श्रेष्ठ किसानले सरकार सबै क्षेत्रमा सुधार र समृद्धिमा लागेको जनाउँदै आफ्नो स्वास्थ्यबारे आफै चनाखो हुन आग्रह गरे। उनले दमौली अस्पताललाई ५० बेडको बनाउने पहल भइरहेको जानकारी दिए।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले प्रत्येक महिना यस्ता शिविर गरी ३५ हजारभन्दा बढीलाई सेवा दिइसकेको बताए। उनले सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा पाऊन् भनी स्थापना कालदेखि नै शिविर, सचेतना जस्ता कार्यक्रमलाई जोड दिइएको उल्लेख गरे।
कार्यक्रममा नेपाली काँग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्र, प्राइभेट अस्पताल एसोसियसन तनहुँ अध्यक्ष चूडामणि दाहाल, दमौली अस्पताल विकास समिति अध्यक्ष प्रदीप अधिकारी, व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठ र बसन्तविनोदले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
निर्वाचनका लागि ४० दल दर्ता
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
hero news full width
मुख्य समाचार
कोरोनापछि गाईजात्रा रौनक
मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९