ठक्करबाट एक वृद्धको मृत्यु

रासस
चैत्र २३, २०७५
jeep-2726389

सर्लाही, २३ चैत । सर्लाहीको बरहथवा नगरपालिकामा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका–१० मूर्तियाका ७० वर्षीय महन्थ महरा चमार रहेका छन् ।

गएराति करीब १२ बजे घरबाट शौच गर्नका लागि बाहिर निस्केको बेला को २ च २१० नं को स्कार्पियोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । श्रीपुरबाट साविक बरहथवा बजारतर्फ जाँदै गरेको स्कार्पियोले रामलाई आफ्नै घर अगाडि बाटोमा ठक्कर दिइएको थियो ।

घाइते रामको बरहथवास्थित एड्भान्स सञ्जीवनी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्जतर्फ लगिँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठक्कर दिने स्कार्पियो प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार भएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width