पोखरा, २१ चैत। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डीला संग्रौलाले कम्युनिष्टको उद्देश्य नै नियन्त्रण र कब्जा भएको आरोप लगाएकी छन्।
सरकारका पछिल्ला गतिविधिले समेत त्यसलाई पुष्टि गरेको भन्दै उनले नियन्त्रण र कब्जाका लागि नै दुई पार्टी एक भएको दाबी गरिन्।
वर्तमान सरकारको हरेक क्रियाकलाप अधिनायकवाद र सर्वसत्तावाद उन्मुख रहेको उनको भनाइ थियो। उनले केपी ओलीको सरकार उल्टो बाटोमा हिडेको आरोप समेत लगाइन्।
‘केपी ओलीको धम्कीले क्रान्ति र परिवर्तन गर्ने काँग्रेस डराउँदैन, ’ उनले भनिन्, ‘उहाँले काँग्रेसलाई पाठ सिकाउनु पर्दैन, काँग्रेस भनेको लोकतन्त्रको पाठशाला हो। ’
नेपाल प्रेस युनियन कास्कीले पोखरामा बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा केन्द्रीय सदस्य संगौलाले संवैधानिक परिषद्मा विपक्ष दलका नेतालाई बोलाएर आयोगहरु आयुक्तहरु गठन गर्नुपनेर्मा एकलौटी गरी सरकार उल्टो बाटोमा हिडेको उल्लेख गरिन्।
उनले जागरण अभियानअन्तर्गत काँग्रेस जोड्ने अभियानमा देश दौडाहामा हिडेको बताइन्। काँग्रेस गुट र फुटमा जान नहुने उनको भनाइ छ।
निर्मल पन्तको हत्यारालाई सिंहदरबार र बालुवाटारमा मुलुकका प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएर राखेकै कारण हजारौं निर्मलाहरु बलात्कृत हुनुपरेको उनको आरोप छ। उनले प्रदेश २ मा प्रश्नपत्र नै आउट हुँदा शिक्षामन्त्रीले नैतिक जिम्मेवारी समेत नलिनु लज्जास्पद भएको टिप्पणी गरिन्।
उनले काँग्रेसको आदर्श शान्तिपूर्ण रुपान्तरण भएकोले शान्तिपूर्ण रुपमा प्रतिपक्षको भूमिका निर्वाह गरेको उल्लेख गरिन्। सदन, सडक, संगठन, सत्याग्रह, सहमति र सहकार्यबाट काँग्रेस अघि बढेको उनको भनाइ थियो। नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रविना आलेले स्वागत र सचिव प्रदीप पौडेलले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
पत्रकारले पेसागत मर्यादा भल्नु हुँदैन : मुख्यमन्त्री पाण्डे
संसद फर्कने ढाकाकुमारको प्रयास असफल, अन्तरिम आदेश जारी भएन
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०