काठमाडौँ, २१ चैत। कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा प्रगतिशील, पेशागत तथा समावेशी समूह विजयी भएको छ। मतपरिणामअनुसार २५ जनाको केन्द्रीय कार्यसमितिमा प्रगतिशिल समूहका २२ जना निर्वाचित भएका छन्।
प्रदेश ५ का उपाध्यक्ष, महासचिव र एक खुला मधेशी/मुस्लिम सदस्यबाहेक सबै पदमा प्रगतिशिल समूहका उम्मेदवार निर्वाचित भएका हुन्। प्रगतिशील समूहबाट अध्यक्षका उम्मेवार चण्डेश्वर श्रेष्ठले लोकतान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदवार सुनिलकुमार पोखरेललाई १ सय ४९ मतले पछि पार्दै विजयी भएका हुन्। अध्यक्षमा निर्वाचित श्रेष्ठले ४ हजार २२ मत प्राप्त गरे। उनका निकटम प्रतिद्वन्द्वी पोखरेलले ३ हजार ८ सय ७३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बारलाई प्राज्ञिक र पारदर्शी थलो बनाउने बताए। लोकतान्त्रिक समूहबाट प्रदेश ५ का उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, महासचिवमा लिलामणि पौडेल र मधेशी/मुस्लिम खुलातर्फ मनोजकुमार चौधरी विजयी भएका छन्। यही चैत १९ गतेदेखि भएको मतगणना विहीवार सकिएको हो। सम्पन्न मतगणनाले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो।
यस्तैगरी महासचिवमा लोकतान्त्रिक समूहका लिलामणि पौडेल निर्वाचित भएका छन्। पौडेल प्रगतिशिल समूहका सुरेन्द्रबहादुर थापालाई ४ सय ७७ मतले पछि पार्दै महासचिवमा निर्वाचित भएका हुन्। पौडेलले ४ हजार १ सय ७८ मत प्राप्त गरे भने थापाले ३ हजार ७ सय १ मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा प्रदेश १ बाट मानबहादुर रुम्दालीले ३ हजार ९ सय ४७ मत, प्रदेश २ बाट रामचन्द्र सिंहले ३ हजार ९ सय ३८ मत, प्रदेश ३ बाट ईश्वरीप्रसाद भट्टराईले ४ हजार १ सय ६८ मत, गण्डकी प्रदेशबाट सुरेन्द्र थापामगरले ४ हजार २ सय ९४ मत, प्रदेश ५ बाट सुनिलकुमार श्रेष्ठले ३ हजार ९ सय ६८ मत, कर्णाली प्रदेशबाट मीनबहादुर महतले ४ हजार ५९ मत र सुदूरपश्चिम प्रदेशबाट उमेशप्रसाद विष्टले ४ हजार २७ मत प्राप्त गरी निर्वाचित भए।
यस्तै महिला उपाध्यक्षमा रक्षा बस्याल ३ हजार ९ सय ४७ मत प्राप्त गरी निर्वाचित भइन्। कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेलले ४ हजार ४६ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी तेजबहादुर रावलले ३ हजार ६ सय ४१ मत प्राप्त गरे।
यसैगरी ६ खुला सदस्यमा गंगाप्रसाद सिग्देलले ४ हजार २२, भीमसेन बञ्जाराले ३ हजार ९ सय ८२, भुवनप्रसाद निरौलाले ३ हजार ९ सय ७६, प्रकाशन महर्जनले ३ हजार ७ सय ४२, बालकृष्ण गैरेले ३ हजार ४ सय ८९ र खिमानन्द अधिकारीले ३ हजार ४ सय २४ मत प्राप्त गरी विजयी भए।
यस्ौगरी उपत्यका बाहिरबाट डा शिवराज पण्डित ४ हजार १ सय ६४ मत प्राप्त गरी निर्वाचित भए। दलिततर्फ मोहन सदाशङ्करले ४ हजार ७९ मत, मधेशी/मुस्लिम (उपत्यका बाहिरबाट) पञ्चनारायण मण्डलले ४ हजार १ सय ८, मधेशी/मुस्लिम खुलातर्फ मनोजकुमार चौधरीले ३ हजार ९ सय ३०, आदिवासी/जनजाति (उपत्यका बाहिर) बिनाकुमारी सिंह (चौधरी)ले ४ हजार १ सय ५, आदिवासी/जनजाति खुलातर्फ बद्रीनारायण नगरकोटीले ३ हजार ९ सय ९८, महिला (उपत्यका बाहिर)बाट कल्पनाकुमारी भण्डारीले ४ हजार १ सय ४५ र महिला खुलातर्फ अञ्जु कायस्थले ४ हजार १४ मत प्राप्त गरी निर्वाचित भए।
निर्वाचनमा ३५ मतदान केन्द्रबाट देशभरबाट १० हजार ३ सय १३ मतदातामध्ये ८ हजार ३ सय २९ मतदाताले मतदान गरेका थिए।
Related News
सम्बन्धित समाचार
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०