पोखरा, २१ चैत। लोकदोहोरीका वादशाह राजु परियार, सुगम संगीतका शान शिव परियार र उदीयमान पाश्र्वगायक प्रताप दासले पोखरामा ‘स्टेज सेयर’ गर्ने भएका छन्।
पोखरा सभागृहमा शनिबार हुने ‘शुभकामना सांगीतिक कार्यक्रम’ मा उनीहरु पहिलोपल्ट एउटै मञ्चमा देखिँदैछन्। उक्त अवसरको चाँजोपाँजो परिवार सेवा समाज कास्कीले मिलाएको हो।
तीन चर्चित कलाकारले कार्यक्रममा आफ्ना लोकप्रिय गीत प्रस्तुत गनेर्छन्। उनीहरुसँगै झण्डै दुई दर्जन कलाकारको प्रस्तुति कार्यक्रममा रहने छ।
जयकुमार परियार, पूर्णकला बीसी, दुर्गा परियार, सविना सुनाम, पूर्ण परियार, सरस्वती परियार, आयुष परियार, विमल परियार, इश्वर सिंहले आफ्ना सुमधर स्वरमा दर्शकलाई मनोरञ्जन प्रदान गनेर्छन्। सेक्सोफोनवादक शिवराज गौतम, सीता परियार, प्रज्ज्वल भित्रिकोटी, राजेश बदेर्वा, रेशम निदोर्ष, रतिमाया परियार, सुनिता परियार, पुनम परियार, हेमा परियारको प्रस्तुतिमा दर्शक रमाउन पाउनेछन्। लोकदोहोरीदेखि आधुनिक र पप गीतसम्मको मज्जा दर्शकले लिनेछन्। पोखरामा यति धेरै संख्यामा कलाकार सम्भवतः पहिलोपल्ट प्रस्तुत हुँदैछन्। नौमति एवं पञ्चैबाजा संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजले जनाएको छ। प्रतिभा पहिचान, सम्मान, संरक्षण एवं प्रवद्र्धन गर्दै कलाप्रेमीको रुचीलाई ध्यानमा राख्दै यो कार्यक्रम गर्न लागिएको जनाइएको छ।
समाजका अध्यक्ष किसन परियारले लोपोन्मुख अवस्थामा रहेको राष्ट्रको पहिचान नौमति बाजाको संरक्षण सम्बद्र्धन एवं प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य भएको बताए।
‘नव प्रतिभालाई हौसला प्रदान गर्दै राष्ट्रियस्तरको कलाकारको रुपमा स्थापित गर्न सहयोग गर्नु पनि हाम्रो उद्देश्य हो, ’ उनले भने, ‘प्रदेश र जिल्लाभित्र रहेका विविध सांस्कृतिक भिन्नतालाई एकरुपता दिँदै नजिक जोड्ने प्रयास हामी गनेर्छौं। ’ प्रतिष्ठान नै गठन गरेर परियार समुदायको संस्कृति संरक्षण गर्ने योजना रहेको उनले सुनाए।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समाजका सचिव दुर्गा परियारको भनाइ छ। उनका अनुसार कार्यक्रममा गायनसँगै आकर्षक नृत्यका प्रस्तुति समेत रहनेछन्।
कार्यक्रम अघि अतिथि कलाकारलाई परियार समुदायको पुख्यौर्ली संस्कृति नौमति तथा पञ्चैबाजाले स्वागत गरिने छ। टिकटदर १ हजार, ५ सय र ३ सय रुपैयाँ व्यवस्था गरिएकखो छ। विशेष सहयोगी कला संगत नेपाल केन्द्रीय समिति रहेको छ।
परियार सेवा समाज कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर स्थापना भएको पुरानो संस्थामध्येको एक हो।
Related News
सम्बन्धित समाचार
चापापानी टोल विकासमा प्रेम
सिर्जनशीलमा प्राज्ञिक लेखन र भाषा साहित्य गोष्ठी
सेतीकालीको प्रथम मुखपत्र विमोचन
आध्यात्मिक ज्ञानले नैतिकवान् बनाउँछ : ब्रह्मकुमारी परिणिता
विद्यार्थीलाई पोसाक, सल्लाहकारलाई सम्मान
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०