पोखरा २१ चैत। वडालाई सुन्दर बनाउन पोखरा–८, सडकछेउका बिजुलीका पोलमा फूलका गमला राखिएको छ।
पृथ्वीचोकबाट जिरो किमीसम्म १ सय ६० वटा पोलमा फूलका गमला राखेको हो। पोखरा महानगरपालिकाका कावा प्रमुख मञ्जुदेवी गुरुङले पृथ्वीचोकबाट पोलमा फूलको गमला राखेर शुरुवात गरिन्। उनले पोखरा आफैमा सुन्दर शहर भएको बताउँदै वडाले शुरुवात गरेको कामले थप सुन्दर बनाउने उल्लेख गरिन्।
वडाध्यक्ष रुद्रनाथ बरालले वडालाई सौन्दर्यकरण गर्ने उद्देश्यले पोलमा फूलका गमला राखिएको बताए। उनले फूल र गमलाको संरक्षण पृथ्वीचोक र जिरो किमी क्षेत्रका व्यवसायी र घरधनीले गर्नुपर्ने बताए।
वडा सदस्य पुष्पराज सिग्देलले वडाको सौन्दर्यकरण गर्ने अभियानअन्तर्गत फूलका गमला राखिएको बताए। कार्यक्रमको सञ्चालन वडा सचिव भेषराज शर्माले गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्लाष्टिकमुक्त नगर अभियानमा सहयात्री सहकारी
बहुउद्देश्यीय सामाजिक भवन निर्माण
बागलुङ–पोखरा मगर समाजमा गजेन्द्र
सगरमाथामा विद्यार्थी स्वागत एवं सम्मान
प्रेस सेन्टर पदाधिकारीको सम्मान
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९