पोखरा, २२ चैत । देशका अधिकाशं भागका बर्षा भइरहेको छ । पोखरामा विहीवार राति देखि नै बर्षा भइरहेको भने काठमाण्डौमा पनि शुक्रवार विहानैदेखि बर्षा भइरहेको छ ।
मौषमविद्का अनुसार बर्षा अझै दुई दिनसम्म चलिरहने बताइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायुका कारण उपत्यकासहित देशका अधिकाशं भागमा बर्षाभइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार, मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन हल्कादेखि मध्यम खालको वर्षा भइराख्ने प्रक्षेपण गरेको छ । ‘सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायु चलेकाले अबको २ दिन देशका अधिकांश भागमा वर्षा हुनसक्ने देखिन्छ ।
सतहमा चल्ने प्रि–वायु बंगालको खाडीबाट आउने र त्यस्ता वायुले बोक्ने जलबाष्पले बादल बनाउन भूमिका खेल्ने उनको भनाइ छ । वर्षासँगै हावा र हुरीको सम्भावना पनि मौसम पूर्वानुमान महामशाखाले औंल्याएको छ । यसअघि गत आइतबार बारा र पर्सामा आकस्मिक हावाहुरी चल्दा २७ को मृत्यु भएको थियो भने कैयन घाइते भएका थिए ।
विपरीत स्वभावका वायु सक्रिय भएकाले २ दिन औसतभन्दा बढी नै हावाहुरी चल्ने मौसमविद् रिमालले बताए । वायुका कारण २ दिन देशका अधिकांश स्थानमा औसतभन्दा बढी नै हावाहुरी चल्ने सम्भावना छ’, मौसमविद् रिमालले भने, ‘तर, आत्तिनै पर्ने खालको हावाहुरी चल्ने खतरा भने छैन ।’
Related News
सम्बन्धित समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
hero news full width
मुख्य समाचार
काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९म्याग्दीको मालिका वडा २ को अध्यक्षमा एमालेका बुढाथोकी विजयी
वैशाख ३१, २०७९पोखरा महानगरको मतगणना सुरु
वैशाख ३१, २०७९पर्वतका सबै तहमा मतगणना सुरु
वैशाख ३१, २०७९