स्याङ्जा, २१ चैत। पुतलीबजार नगरपालिकास्थित स्याङ्जा मुस्लिम समाजले पहिलो पटक जल्सा अर्थात धार्मिक प्रवचन आयोजना गर्ने भएको छ।
समाजद्वारा बाडखोलास्थित जामे मस्जिदमा बुधवार आयोजित पत्रकार सम्मेलनमा चैत २३ गते तहफ्फुजे सुन्नीयत रहमत आलम कन्फ्रेन्स (जल्सा) आयोजना गरिने जनाइयो।
इस्लाम धर्मको संरक्षण र सम्बद्र्धन सहित सुन्नी मुसलमानहरुको एकता कायम र सकारात्मक सन्देश प्रसार गर्ने उद्देश्यले एकदिन एकरात धार्मिक सभा एवं प्रवचन राखिएको हो।
प्रारम्भिक तहको शिक्षालय स्थापना र इस्लाम धर्मसंस्कारको संरक्षण नै जल्सा आयोजनाको प्रमुख उद्देश्य रहेको छ। जल्साको ८० प्रतिशत तयारी पूरा भएको समाजका अध्यक्ष शेरअली मियाँले जानकारी दिए।
बाडखोलामा आयोजित जल्सामा यूके, भारत र नेपालका मौलाना अर्थात इस्लामी धर्मगुरु सहभागी हुने भएका छन्। एशियाकै प्रशिद्ध वाचक नुरानी मिया, भारतका अबुल हक्कानी, नेपालका शेरे नेपाल, जैसे मोहम्मद सिद्धिकि सिइिकी जस्ता धर्म गुरुहरुले इस्लामी धर्म, सस्कृति र कर्मका बारेमा साक्षात्कार गराउनुका साथै आर्थिक संकलन गरिने जनाइएको छ।
जल्साबाट ५० लाख भन्दा बढी रुपैयाँ संकलन गर्ने र २५ लाख खर्च गर्दै २५ लाख बचत गर्ने अनुमान गरिएको छ। बचत रकमले मदरसाको पूर्वाधार निर्माण गरिने छ। नेपालका जुनसुकै स्थानमा रहेका असहाय, अनाथ बालबालिकालाई आश्रयसहित उनीहरुको शिक्षामा खर्च गरिने समाजका सचिव शाह मोहम्मदले जानकारी गराए।
बाडखोलामा मुस्लिम समुदायको बस्ती बाक्लो छ। सोही वडास्थित इन्द्रेशमा कब्रस्थान (चिहान डाँडा) समेत छ। बाइसे/चौवीसे राज्यका समयदेखि यहाँ मुसलमान रही आएको बताउँदै इन्द्रेश लगायतका वरपरका क्षेत्रलाई धार्मिक पर्यटनसंँग जोडिन वडा कार्यालय सहकार्य गर्दै अघि बढ्ने वडा अध्यक्ष अमृतप्रसाद श्रेष्ठले प्रतिबद्धता ब्यक्त गरे।
शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले कार्यक्रम उद्घाटन गर्ने समाजका उपाध्याक्ष अली मोहम्मदले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन
विस्मृतिमा अन्नपूर्ण प्रथम हिमाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०